बर्दियामा गोली प्रहार गरी हत्या र लुटपाट

काठमाडाैं । बर्दियाको बढैयातालमा गएराती अज्ञात समूहले गोली प्रहार गरी एक व्यक्तिको हत्या गरेको छ । बढैयाताल गाउँपालिका–३ गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट हत्या भएको हो ।

घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटिलगेका प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूहको पहिचान भएको छैन ।

गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले जनाएको छ । खटिकको शव हाल अस्पतालमै छ । हत्या र लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस