News desk

सामाजिक सञ्जालमा नेपालका सेलेब्रेटीः कसका फलोअर्स कति ?

काठमाडाै‌ । विभिन्न दलका नेता, सेलेब्रेटीदेखि सर्वसाधारणसम्म सामाजिक सञ्जालमा सक्रिय छन् । सर्वसाधारणले सामाजिक सञ्जाललाई साथीभाई र परिवारसँग जोडिने, मनोरञ्जन लिने र गुनासा पोख्ने माध्यमका रुपमा प्रयोग गरेका छन् । सेलीब्रेटीले आफ्नो विचार प्रवाह गर्ने तथा फलोअर्सका गुनासा र प्रशंसा केलाउने मझेरी बनाएका छन् । केही चर्चित नेताले राजनीतिक बहसका लागि फेसबुक, ट्विटर प्रयोग गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। कसका कति फलोअर्स ? ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीका …

पुरा पढ्नुहॊस »

अफगानिस्तानको मस्दिजमा बम आक्रमण, १२ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तको मन्दोजाई जिल्लास्थित एक मस्जिदमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको छ । बम आक्रमणमा ३३ जना घाइते भएका छन् । मृत्यु र घाईते हुने सबै अफगान राष्ट्रिय सेनाका सुरक्षाकर्मी भएको खोस्ट सुरक्षा वेशका प्रवक्ताले जनाएका छन् । मस्दिजमा पूजाका लागि ठूलो संख्यामा धर्मावलम्बीहरु आएका बेला सैनिकहरु रहेको स्थानमा आक्रमण भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिएका छन् । घटनाका बारेमा सरकारी अधिकारीहरुले …

पुरा पढ्नुहॊस »

कपिलवस्तुमा प्रदेशसभा सदस्य उम्मेदवारको गोली हानी हत्या

कपिलवस्तु । गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहेका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाँउपालिका-४ मोतीभारीस्थित घर नजिकै उनीमाथी गोली प्रहार भएको हो । उनलाई तत्काल लबनी स्वास्थ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी …

पुरा पढ्नुहॊस »

सप्तरीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । सप्तरीमा शुक्रबार साँझ भएको बस दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ । सुनसरी, बराहक्षेत्रमा मेला हेरेर फर्केका यात्रु बोकेको को १ ख २७९९ नम्बरको बस हनुमाननगर कंकालिनी नगरपालिका–१० मा सडक छेउमा पल्टेर दुर्घटना भएको हो । दुर्घटनामा तीन दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि राजविराज, विराटनगर लगिएको छ ।

पुरा पढ्नुहॊस »

नेविसंघ महामन्त्री काफ्लेलाई ‘हृदयघात’, अवस्था खतरामुक्त

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात भएको छ । शुक्रबार बिहान हृदयघात भएपछि अस्पताल भर्ना गराएको नेविसंघ नेतृ विनीता अधिकारीले जानकारी दिइन् । हेम्स अस्पतालले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा लैजान रिफर गरेपछि काफ्लेलाई गंगालाल लगिएको थियो । अधिकारीका अनुसार चिकित्सकहरुले काफ्लेको अवस्था खतरामुक्त रहेको बताएका छन् ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने भएको छ । मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए उक्त लाभांश वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रूपैयाँ खुद नाफा …

पुरा पढ्नुहॊस »

डडेलधुरा बस दुर्घटना : मृतककाे स‌ंख्या १८ पुग्याे [अपडेट]

काठमाडौं । डोटी-डडेलधुरा केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । घटनास्थलमा १० जनाको र ८ जनाको उपचारका क्रममा ज्यान गएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए । गम्भीर घाइते मध्ये ११ जनालाई रिफर गरिएको छ । धनगढी रिफर गरिएका मध्ये ४ जना गम्भीरलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको प्रजिअ जोशीले जानकारी दिए । मृत्यु हुने मध्ये १६ जनाको सनाखत भइसकेको …

पुरा पढ्नुहॊस »

व्यवसाय खस्किए पनि नाफामा अब्बल बन्यो टेलिकम

काठमाडौं । व्यवसाय घटे पनि नेपाल टेलिकमले नाफा भने बढाएको छ । सेयर बजारमा सूचीकृत एकमात्र दूरसंचार कम्पनीले तीन महिनामा झण्डै साढे ४ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । बजारमा सूचीकृत तथा सरकारी स्वामित्वमा रहेकामध्ये यो सबैभन्दा धेरै नाफा कमाउने कम्पनी हो । असोज मसान्तसम्मको सार्वजनिक वित्तीय विवरणअनुसार उसले ४ अर्ब ४९ करोड खुद नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिमा कम्पनीले ४ अर्ब ५ करोड खुद नाफा …

पुरा पढ्नुहॊस »

जिएमआरले बेच्यो ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी

काठमाडौं । भारतीय कम्पनी जिमएमआर (ग्रान्धी मालिकार्जुन राव)ले लाइसेन्स बेचेको ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना नेपाली र चिनियाँ कम्पनीले बनाउने भएका छन् । बुटवल पावर कम्पनी र तीनवटा चिनियाँ कम्पनीले उक्त आयोजनाको सबै सेयर किन्ने सम्झौता गत वैशाखमा भएको थियो । आयोजनाका लागि जिएमआरले बनाएको हिमताल हाइड्रो पावर कम्पनीको सेयर बुटवल पावर कम्पनीले झन्डै २० प्रतिशत र बाँकी चिनियाँ कम्पनीले किन्ने भएका छन् । चिनियाँ कम्पनीहरू एससिआइजी इन्टरनेशनल, सिन्चेङ …

पुरा पढ्नुहॊस »

नेपाली सेना मातहतका विभिन्न संस्थाहरुमा जागिर खुल्यो

काठमाडौं । नेपाली सेना मातहतका संस्थाहरु चिकित्सा शास्त्र महाविद्यालय, कलेज अफ मेडिकल पोलिटेक्निक, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा  सैनिक आवासिय महाविद्यालयमा कर्मचारीको माग गरिएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर २३ गतेभित्र सम्पर्क दरखास्त दिनुपर्ने सूचनामा जनाइएको छ । 

पुरा पढ्नुहॊस »