सामाजिक सञ्जालमा नेपालका सेलेब्रेटीः कसका फलोअर्स कति ?

काठमाडाै‌ । विभिन्न दलका नेता, सेलेब्रेटीदेखि सर्वसाधारणसम्म सामाजिक सञ्जालमा सक्रिय छन् । सर्वसाधारणले सामाजिक सञ्जाललाई साथीभाई र परिवारसँग जोडिने, मनोरञ्जन लिने र गुनासा पोख्ने माध्यमका रुपमा प्रयोग गरेका छन् ।

सेलीब्रेटीले आफ्नो विचार प्रवाह गर्ने तथा फलोअर्सका गुनासा र प्रशंसा केलाउने मझेरी बनाएका छन् । केही चर्चित नेताले राजनीतिक बहसका लागि फेसबुक, ट्विटर प्रयोग गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कसका कति फलोअर्स ?

ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीका साढे ३ लाख फलोअर्स छन् । नेकपाका अध्यक्ष प्रचण्डका २ लाख, कांग्रेस सभापति शेरबहादुर देउवाका एक लाख ६९ हजार फलोअर्स छन् ।

ट्विटरमा सबैभन्दा वढी फलोअर्स भएका नेता नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई हुन् । उनका १० लाख ४० हजार फलोअर्स छन् । फेसबुकमा सबैभन्दा वढी फलोअर्स नायिका रेखा थापाका छन् । फेसबुकमा उनका ३२ लाख ८० हजार फलोअर्स छन् ।

त्यस्तै प्रियंका कार्कीका २२ लाख ८ सय, अञ्जु पन्तका २१ लाख ८० हजार, मुना थापा मगरका २० लाख ४८ हजार, नम्रता श्रेष्ठका १५ लाख ३५ हजार फलोअर्स छन् । त्यस्तै ट्विटरमा गगन थापाका ८ लाख ४२ हजार, रवीन्द्र मिश्रका ८ लाख २० हजार, कमल थापाका ५ लाख ७१ हजार, मनिषा कोइरालाका २ लाख ६४ हजार फलोअर्स छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप