माछापुच्छ्रे बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने भएको छ । मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए उक्त लाभांश वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रूपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रूपैयाँ ८१ पैसा कायम गरेको थियो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ र साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित रहेको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस