सप्तरीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । सप्तरीमा शुक्रबार साँझ भएको बस दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ ।

सुनसरी, बराहक्षेत्रमा मेला हेरेर फर्केका यात्रु बोकेको को १ ख २७९९ नम्बरको बस हनुमाननगर कंकालिनी नगरपालिका–१० मा सडक छेउमा पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा तीन दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि राजविराज, विराटनगर लगिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री