News desk

नेकपा सचिवालय बैठक आज पनि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको लागि सुझाव दिन तयार पारिएको प्रतिवेदनमाथि छलफल हुनेछ । प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले शुक्रबारेको बैठकमा पेश गरेको प्रतिवेदनमाथि छलफल हुन लागेको हो । प्रतिवेदनमाथि छलफल हुन लागेको नेता अग्नि सापकोटाले जानकारी दिए । कार्यदलले तयार पारेको प्रतिवेदन …

पुरा पढ्नुहॊस »

कतारबाट कोमाका बिरामी सुटुक्क काठमाडौंको ओम अस्पतालमा

काठमाडौं । आर्थिक लाभका लागि राजधानीको एक निजी अस्पतालले कतारमा कोमामा रहेका बिरामी सुटुक्क ल्याउने गरेको पाइएको छ। सतुंगलस्थित ओम समाज अस्पतालले पछिल्लोपटक रुकुमको चौखावाङ-९,गल्मपाटीका ललितबहादुर बुढालाई परिवारको स्वीकृति नलिई कतारस्थित हमाद अस्पतालबाट ल्याएको हो। बिरामी ल्याएबापत हमादले निश्चित रकम दिने गरेको स्वीकार्दै ओम समाजका मेडिकल निर्देशक डा.भीमनाथ खरेलले केही बिरामी ल्याइसकेको बताए। हाेम कार्कीले लेखेकाे याे खबर अाजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ। चार वर्षदेखि कोमामा रहेका बुढालाई नेपाल लैजाने प्रबन्ध मिलाउन हमादले कतारस्थित …

पुरा पढ्नुहॊस »

नेपालबाट फेसबुकले मात्र लान्छ वर्षमा १३ अर्ब

काठमाडौं । फेसबुक, युट्युब, गुगल, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अर्बाैं रुपैयाँ आम्दानी गर्दै आएका छन्। विज्ञापन तथा व्यवसाय प्रवद्र्धनका नाममा सामाजिक सञ्जालले ठूलो परिमाणमा नाफा कमाइरहे पनि नियमन नहुँदा राज्यले करोडौं रुपैयाँ राजश्व गुमाइरहेको छ। सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक इन्कले आफ्ना उत्पादन फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासेफिक क्षेत्रबाट प्रतिप्रयोगकर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो। यस वर्ष ९ दशमलव ९१ डलर आम्दानी गर्ने …

पुरा पढ्नुहॊस »

नेपालको खोला भारतले बेच्यो

काठमाडौं । भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ। भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी-२ जलविद्युत् आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो। त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको हो। ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको खबर विकास थापा र मेनुका कार्की मिलेर आजको अन्नपूर्ण पोस्ट दैनिकमा लेखेका छन्। यो बेचबिखनलाई लगानी बोर्डले समेत स्वीकृत गरिसकेको छ। लाइसेन्स बेचबापत प्राप्त हुने रकम भारत लैजान जीएमआरले राष्ट्र …

पुरा पढ्नुहॊस »

अस्ट्रेलिया महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । आयोजक एवं साविक विजेता वेष्ट इन्डिजलाई पाखा लगाउँदै अस्ट्रेलिया आइसीसी महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । एन्टिगुवामा आज बिहान भएको खेलमा अस्ट्रेलियाले वेष्ट इन्डिजमाथि ७१ रनको सहज जित हासिल गरेको हो । खेलमा १४३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले १७ ओभर तीन बलमा अलआउट हुनुपूर्व ७१ रनमात्रै बनाउन सक्यो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४२ रन जोडेको …

पुरा पढ्नुहॊस »

पत्रकार खशोग्जीको हत्याबारे अनुसन्धान भइरहेको ट्रम्पको जिकिर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्याबारे अमेरिकी गुप्तचर एजेन्सी ‘सीआईए’ले अनुसन्धान गरिरहेको जिकिर गर्दै अहिले नै निष्कर्ष सुनाउन हतार हुने बताएका छन् । फ्लोरिडामा भएको एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले सीआईएले घटनाबारे अनुसन्धान गरिरहे पनि निष्कर्ष ननिकालेको दाबी गरे । हत्यामा साउदी युवराज मोहम्मद बिल सलमान संलग्न रहेको आरोपमा भने आफू विश्वस्त नभएको राष्ट्रपति ट्रम्पको भनाइ छ । यसअघि पनि ट्रम्पले साउदी अरबसँगको सहकार्यको बचाउ गर्दै साउदी …

पुरा पढ्नुहॊस »

डडेलधुरा बस दुर्घटना : मृतकको संख्या १७ पुग्यो [अपडेट]

काठमाडौं । केआई सिंह राजमार्गअन्तर्गत डडेलधुराको रडुवा खोलामा बिहीबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । २६ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक छ । उग्रतारा मन्दिरमा लागेको जात्राका सहभागी लिएर फर्कंदै गरेको से१क २९३ नम्बरको स्कुल बस सडकदेखि ३ सय मिटर तल खस्दा १० जनाको घटनास्थलमै र ७ जनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा मृत्यु भएको प्रहरीले जनाएको छ । बस डोटीको शिखर नगरपालिका वान्डुग्रीसैनस्थित पिसजोन एकेडेमीको …

पुरा पढ्नुहॊस »

डडेल्धुरामा बस दुर्घटना : १० जनाको मृत्यु, २० बढी घाइते

काठमाडौं । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । से १ च २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटनामा परेको हो । केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका- ११ मा पर्ने रडुवा खोलामा स्कुल बस दुर्घटना भएको हो । स्कुल बस भए पनि सर्वसाधारण यात्रु सवार रहेको प्रहरीले बताएको छ । मेला भरेर फर्कने क्रममा बस दुर्घटना भएको प्रहरीको भनाइ छ । …

पुरा पढ्नुहॊस »

नेकपा सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक  आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ३ बजे बस्ने बैठकमा सरकारको समीक्षा र भावी कार्ययोजनाबारे छलफल गर्ने तयारी छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘पार्टीको सांगठनिक एकता र सरकारका कामको समीक्षा बैठकका एजेन्डा रहेको जानकारी दिए । सरकारका भावी कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने उनले बताए । ‘सांगठनिक एकीकरण, सरकारको समीक्षा र भावी कार्ययोजना बैठकका एजेन्डा छन्’ सचिवालय सदस्य …

पुरा पढ्नुहॊस »

नेपाली भाषाको सिक्किमी फिल्म ‘पाहुना’ ट्रेलर रिलिज

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक भयो । नेपाली भाषामा बनेको सिक्किमी फिल्मको ट्रेलरमा द्वन्द्वका कारण परिवारबाट छुटिएका बालबालिकाको अवस्था देखाइएको छ । ट्रेलरले बाल मनोविज्ञानमा राजनीतिक र धार्मिक प्रभावको कथामाथि फिल्म बनेको हिंट दिन्छ । प्रमुख भूमिकामा इशिखा गुरुङ, अनमोल लिम्बु,  मन्जु केसी देखिएका छन्। त्यस्तै अन्य कलाकारहरु शरण राई, उत्तम प्रधान, विनोद प्रधान, बनिता लगुनको पनि अभिनय रहेको छ । फिल्मका लागि गीतकार पवनकुमार …

पुरा पढ्नुहॊस »