नेविसंघ महामन्त्री काफ्लेलाई ‘हृदयघात’, अवस्था खतरामुक्त

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात भएको छ ।

शुक्रबार बिहान हृदयघात भएपछि अस्पताल भर्ना गराएको नेविसंघ नेतृ विनीता अधिकारीले जानकारी दिइन् । हेम्स अस्पतालले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा लैजान रिफर गरेपछि काफ्लेलाई गंगालाल लगिएको थियो ।

अधिकारीका अनुसार चिकित्सकहरुले काफ्लेको अवस्था खतरामुक्त रहेको बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री