News desk

मृत महिलाबाट प्रत्यारोपण गरिएको पाठेघरबाट जन्मियो बच्चा, कसरी भयाे सम्भव ?

काठमाडाैं । ब्राजिलकी एक युवती ३२ वर्षसम्म महिनावारी भएकी थिइनन् । एमआरएचके सिन्ड्रोमका कारण उनको शरीरमा पाठेघर थिएन । संसारमा ४ हजार ५ सय महिलामा १ जनालाई यस्तो सिन्ड्रोम हुन्छ । सन् २०१६ को सेप्टेम्बरमा उनको जीवन बदलियो । एक जना ब्रेन ह्यामरेज भएर मृत्यु भएकी महिलाको शरीरबाट निकालिएको पाठेघर ती युवतीको पेटमा राखियो । ती महिलाले दान दिएको पाठेघर युवतीको पेटमा राख्न १० घन्टा लामो अपरेशन भयो । पाठेघर …

पुरा पढ्नुहॊस »

तत्काल नखुल्ने भयाे लोकसेवा

काठमाडाैं । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ। अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ। यो खबर आजको राजधानी दैनिकमा सागर पण्डितले लेखेका छन्। समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल्ने भएकाले हाललाई लोकसेवाको परीक्षा स्थगित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ। मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कम्तीमा तीन …

पुरा पढ्नुहॊस »

निर्मलाको बलात्कार र हत्या आशंकामा थप चारजना पक्राउ, केहीले अपराध स्वीकार गरेका प्रहरी दावी

काठमाडाैं । कञ्चनपुरकी बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ। यही आशंकामा महेन्द्रनगरबाट तीन र काठमाडौबाट एक जना पक्राउ परेका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंबाट पक्राउ परेका हुन्। उनलाई महानगरिय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ। अन्य तीनजना महेन्द्रनगरबाट पक्राउ परेका हुन्। उनीहरु सबै लागू औषध दुव्र्यसनी रहेका र …

पुरा पढ्नुहॊस »

जाडोमा मर्निङवाक गर्दा यस्तो बेफाइदा

काठमाडाैं । मंसिर पुसको जाडोमा पनि राजधानी काठमाडौंका सडक तथा बगैँचाहरुमा धेरै मानिस मर्निङवाकमा निस्किएका भेटिन्छन्। नियमित मर्निङवाक गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ। तर, काठमाडौंमा वायु प्रदूषणको मात्रा वढी छ। अझ जाडोमा वातावरण धेरै सुख्खा भएर धुलो उड्ने गर्छ। तसर्थ, जाडोमा एकाविहानै वाकमा निस्कँदा पदूषित हावा खाइने हुन्छ। जुन स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन्। वायु प्रदूषणको कारण दम, ब्रोङकाइटिस, फोक्सो र मुटुसम्बन्धी रोग लाग्ने संभावना हुन्छ। यो खबर आजको नयाँ …

पुरा पढ्नुहॊस »

राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप, परराष्ट्र मन्त्रालय छानविन गर्दै

काठमाडाैं । सरकारले अस्टे«लिया लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन सुरु गरेको छ। उनीमाथि मानव तस्करी गरेको गम्भीर आरोप लागेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्। मुलुकको प्रतिनिधित्व गर्दै सम्बन्ध सेतु बनेकी राजदूत आफैँ विवादमा परेकी छन्। यसबाट द्विपक्षीय सम्बन्ध असहज बन्ने आशंका पैदा भएको छ। शेर्पामाथि परराष्ट्र मन्त्रालयले छानविन थालेको छ। तर, राजदूत शेर्पामाथि छानविन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयका अधिकारीले केही जानकारी गराएको छैन। शेर्पा तत्कालिन माओवादीको सिफारिसमा …

पुरा पढ्नुहॊस »

संघीयता कार्यान्वयनः सुस्तायो केन्द्र सरकार, प्रदेशमा छटपटी

काठमाडाैं । प्रदेश र स्थानीय सरकार आवश्यक कानुन, कर्मचारी व्यवस्थापन र राजस्वको समुचित बाँडफाँटका लागि हतारिइरहँदा संघीय सरकार भने सुस्त छ। तल्ला तहले उठाएका समस्या पहिचान र समाधानमा केन्द्रीय निकाय गम्भीर छैन। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधबार संघीयता कार्यान्वयनका समस्या छलफल गर्न बोलाएको बैठकमा विषयगत मन्त्रीहरूले ठोस जवाफ दिन सकेनन्। सबैजसोको एउटै भनाइ थियो, ‘गर्दै छौं, क्रमशः हुँदै जाने विषय हो।’ यो खबर कान्तिपुरले छापेको छ। अर्थमन्त्री युवराज …

पुरा पढ्नुहॊस »

रुसले मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता तोडेको नेटोको आरोप

काठमाडाैं । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए आफुहरुले पनि त्यस्ता खाले हतियारको विकास गर्ने चेतावनी दिएका छन् । पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन नेटोले रुसले शीतयुद्धकालिन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनले यस्तो चेतावनी दिएका हुन् । अमेरिका र रुसबीच सन् १९८७ मा छोटो र मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता भएको थियो । राष्ट्रपति पुटिनले आफुहरुमाथि लगाइएको आरोप अमेरिकाले सम्झौताबाट बाहिरिनको लागि गरिएको बाहाना …

पुरा पढ्नुहॊस »

लिओनेसालाई हराउँदै बार्सिलोना नकआउट चरणमा

काठमाडाैं । बार्सिलोना कोपा डेल रे को अन्तिम नकआउट चरणमा प्रवेश गरेको छ । दोस्रो श्रेणीको कल्चरल लिओनेसालाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना अन्तिम १६ मा पुगेको हो । बुधबार राति घरेलु मैदानमा दोस्रो रोजाइको खेलाडी उतारेको बार्सिलोनाले सहज जित निकाल्दै दोस्रो चरण प्रवेश गरेको हो । बार्सिलोनाको जितमा डेनिस सुआरेजले दुई गोल गर्दा माल्कम र मुनिर एल हद्ददीले १-१ गोल गरेका थिए । नियमित टोलीका नेल्सन सेमेडो …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका ७ एक्स्टेन्सन काउन्टर सञ्चालनमा

काठमाडाैं । प्रभु बैंकले नयाँ ७ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टरहरु झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सेती भन्सारमा सञ्चालनमा ल्याएको बैकले जनाएको छ ।भन्सार विभागका महानिर्देशक तोयम रायाले जलेश्वर काउण्टर उद्घाटन गरे । त्यसैगरी अन्य भन्सारका काउन्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखले उद्घाटन गरेका छन् । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका …

पुरा पढ्नुहॊस »

गण्डकी बिकास बैंक र सूर्य लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गण्डकी बिकास बैंक र सूर्य लाईफ इन्स्योरेन्स बीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेले हस्ताक्षर गरेका छन् ।उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा तथा इन्स्योरेन्सको तर्फबाट नायब मेनेजर सुमना न्यौपाने खनालको समेत उपस्थिती रहेका थिए । सम्झौता अनुसार …

पुरा पढ्नुहॊस »