प्रभु बैंकका ७ एक्स्टेन्सन काउन्टर सञ्चालनमा

काठमाडाैं । प्रभु बैंकले नयाँ ७ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टरहरु झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सेती भन्सारमा सञ्चालनमा ल्याएको बैकले जनाएको छ ।भन्सार विभागका महानिर्देशक तोयम रायाले जलेश्वर काउण्टर उद्घाटन गरे । त्यसैगरी अन्य भन्सारका काउन्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखले उद्घाटन गरेका छन् ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका काउण्टरले सम्बन्धित भन्सार कार्यालयको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातमा बढोत्तरी र राजश्व संकलनमा वृद्धि हुने बैंकको दाबी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । आज सुनको मूल्य …

प्रतिकृया दिनुहॊस