निर्मलाको बलात्कार र हत्या आशंकामा थप चारजना पक्राउ, केहीले अपराध स्वीकार गरेका प्रहरी दावी

काठमाडाैं । कञ्चनपुरकी बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ। यही आशंकामा महेन्द्रनगरबाट तीन र काठमाडौबाट एक जना पक्राउ परेका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंबाट पक्राउ परेका हुन्। उनलाई महानगरिय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ। अन्य तीनजना महेन्द्रनगरबाट पक्राउ परेका हुन्। उनीहरु सबै लागू औषध दुव्र्यसनी रहेका र केहीले अपराध स्वीकार गरेका प्रहरी श्रोत बताउँछ।

तर डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगने प्रहरीले जनाएको छ। केही युवकले गल्ती आफूहरुले गरेको, तर प्रहरीले दुःख अरुलाई दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए। तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस