News desk

महोत्तरी प्रहरीको नियन्त्रणमा ४४ लागुऔषध तस्कर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीले विगत ६ महिनाको अवधिमा ४४ जना लागुऔषध प्रयोगकर्ता पक्राउ गरेको छ । भारतीय सीमा नाकाबाट नेपाल ल्याउने तथा नेपालबाट गाँजा लगायतका लागुऔषध तस्करी गरी भारत लैजाने ४४ जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए । पछिल्लो समय भारतीय नाकाबाट विभिन्न खाले एम्पुलहरू लागुऔषधको रुपमा भित्रन थालेपछि लागुऔषधविरुद्ध अप्रेशन चलाएर तस्करहरुलाई पक्राउ गरिएको बताएका छन् । कोरेक्स लगायतका बोतलवाला लागुऔषधहरु ५ महिनाको अवधिमा ५९ …

पुरा पढ्नुहॊस »

देशैभर मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको संभावना

काठमाडाैं । मंगलबार रातिदेखि देशैभर मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशैभरिको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदलीका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागेको छैन । मौसम बदली भएसँगै काठमाडौंमा जाडो बढेको छ । काठमाडौं उपत्यकामा बुधबार बिहानको तापक्रम ६ डिग्रीमा झरेको छ । आज दिनभर नै मौसम खुल्ने संभावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताइन् । ‘अबको एक/दुई दिन …

पुरा पढ्नुहॊस »

मन्त्रिपरिषद्को निर्णयप्रति जुरेका पहिरोपीडितको असन्तुष्टि

सिन्धुपाल्चोक । जुरे पहिरोपीडित मन्त्रिपरिषद्ले गरेको निर्णयप्रति असन्तुष्ट भएका छन्। पहिरोपीडितले  भूकम्पपीडित सोसरह तीन लाख मात्र अनुदानको रकम पाउने निर्णय गरेपछि पहिरोपीडित असन्तुष्ट भएका हुन्। जिल्ला प्रशासन कार्यालयले पहिरो पीडितको नाममा दाताबाट संकलित २ करोड २४ लाख रकम गृह मन्त्रालयमा माग गरेको थियो। गत मंसिर १४ गतेको मन्त्रिपरिषद्को निर्णयले पहिरोपीडितले भूकम्पपीडितसरह रकम मात्रै उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि नै भूकम्पपीडित सुचीमा राखेर पहिरो पीडितलाई तीन लाख अनुदान दिएको थियो। …

पुरा पढ्नुहॊस »

शिक्षक महासङ्घको आन्दोलन स्थगित

काठमाडाैं । सरकारसँग वार्ता सुरू भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासङ्घले मङ्सिर २१ गतेका लागि घोषणा गरिएको ‘काठमाडौं जाऔँ’ कार्यक्रम स्थगन गरेको हो। मंसिर १४ गते पनि महासङ्घले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गराई काठमाडौंमा प्रदर्शन गरेको थियो। सो दिन छुटेको पढाइ …

पुरा पढ्नुहॊस »

अब नेपालको आफ्नै रेल

काठमाडौं । सरकारले जयनगरदेखि जनकपुरको कुर्थासम्म आफ्नै रेल किनेर संचालन गर्ने भएको छ । भाडामा ल्याएर चलाउने कि आफ्नै रेल चलाउने भन्ने लामो छलफलपछि सरकारले अन्ततः आफ्नै रेल संचालन गर्ने भएको हो । भारत सरकारसँग भाडामा लिएर संचालन गर्ने योजनालाई थाँती राख्दै रेल किनेर नै चलाउन लागिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनका अनुसार १ अर्ब रुपैयाँमा रेल किन्न लागिएको हो । १० डिब्बा सहितको दुर्इ सेट …

पुरा पढ्नुहॊस »

पोस्टरसँग त्रसित प्रहरी : निर्मलाको पोस्टर च्यात्ने प्रहरी अभियान देशव्यापी

काठमाडाैं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप आलोचित भएको छ। निर्मलाको न्यायका लागि दबाब दिँदै आएको समूहले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर अभियान सुरु गरेको थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। ‘एसिया प्यासिफिक समिटमा माइतीघर भिभिआइपी सवारी रुटमा परेकाले त्यहाँ आन्दोलन गर्न नदिनू भन्ने सरकारको निर्देशन थियो । तर, त्यही दिन प्रदर्शनमा आएको …

पुरा पढ्नुहॊस »

संसद छलेर कर्मचारी समायोजन अध्यादेश, के छ अध्यादेशमा ?

काठमाडाैं । सरकारले संसद् छलेर अध्यादेशमार्फत कर्मचारी समायोजन विधेयक ल्याउने तयारी गरेको छ। प्रमाणीकरणका लागि अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ। प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि भन्दै ल्याउन लागिएको अध्यादेशले सरकारलाई नै घाटा हुने विज्ञले बताएका छन्। राष्ट्रपतिले अध्यादेशमा लालमोहर लगाएपछि कर्मचारी समायोजन सुरु हुनेछ। ६० दिनभित्र संसदबाट पारित नभए यो निष्क्रिय हुनेछ। संविधानविद् डा‍ विपिन अधिकारीले संसद बोलाउने टुंगो लागिसकेको अवस्थामा नियमित प्रक्रियाबाटै विधेयक ल्याउनु उपयुक्त हुने बताए। …

पुरा पढ्नुहॊस »

१५ रुपैयाँ सस्तोमा किनेको पेट्रोलको मूल्य किन २ रुपैयाँ मात्र घटाइयो ?

काठमाडाैं । नेपाल आयल निगमले भारतबाट पछिल्लो एक महिनायता प्रतिलिटर १५ रुपैयाँ ४२ पैसा सस्तोमा पेट्रोल खरिद गरेको छ। तर, नेपाली बजारमा भने प्रतिलिटर २ रुपैयाँ मात्र मूल्य घटाएर चर्को मुनाफा राखेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्। आयल निगमले तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसनबाट १५ कात्तिकमा ६७ रुपैयाँ ९३ पैसामा पेट्रोल खरिद गरेको थियो । एक महिनापछि १५ मंसिरमा ५२ रुपैयाँ ५१ पैसा प्रतिलिटरमा …

पुरा पढ्नुहॊस »

मुख गनाउने समस्याबाट कसरी छुटकारा पाउने ?

काठमाडाैं । धेरै मानिसको मुख गनाउँछ। तर, मुख गनाउने समस्यालाई उनीहरुले धेरै सिरियस्ली लिँदैनन्। किनकी, ती मानिसलाई आफ्नो मुख गनाएको थाहा नै हुँदैन। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। मुख गनाउने विषय व्यक्तित्वसँग जोडिएको विषय भएकाले केहीलाई तनावको विषय बन्ने गर्छ। कतिपय मानिस त नियमित ब्रस गर्दा पनि मुख गनाउने समस्याबाट छुटकारा पाउन सक्दैनन्। कसरी पाउने छुटकारा ? सुकमेललाई मुख गनाउने औषधिको रुपमा प्रयोग गर्न सक्नुहुन्छ। खाना खाइसकेपछि एउटा …

पुरा पढ्नुहॊस »

कोरियाले नेपालीलाई १० वर्षे मल्टिपल भिसा दिने

काठमाडाैं । दक्षिणपूर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० वर्षे मल्टिपल (बहुप्रवेश) भिसा पाउने भएका छन्। कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, वंगलादेश, म्यान्मार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम छन्। यो खबर आजको कारोबार दैनिकमा निकुन्ज तिवारीले लेखेका छन्। डिसेम्बरबाट लागू हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक भिसा प्राप्त गरेपछि १० वर्षसम्म आवतजावत गर्न पाइने छ। यसले वर्षेनी कोरिया घुम्न …

पुरा पढ्नुहॊस »