News desk

नेपाल बैंकको लिखित नतिजा सार्वजनिक, को-को भए पास ? (नामावलीसहित)

काठमाडाैं । नेपाल बैंक लिमिटेडले विभिन्न तहका लागि गरेको विज्ञापनको लिखित नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षामा नाम निकालेका उम्मेदवारले पासपोर्ट साइजको फोटो, प्रवेशपत्र, नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसहित बैंकको प्रधान कार्यालय धर्मपथमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।  हेर्नुहोस् को-को भए पास :-    

पुरा पढ्नुहॊस »

गुण्डा नाईके बस्नेत पत्नी माया शेरचन पाँचलाख धरौटीमा रिहा

काठमाडौं । गुण्डा नाईके समिरमान सिंह बस्नेत पत्नि माया शेरचन धरौटीमा छुटेकी छिन् । बिहीबार जिल्ला अदालत काठमाडौंको आदेशले उनी पाँच लाख धरौटीमा छुटेको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए । काठमाडौंको गौरिघाटस्थित दिव्यश्वरी पार्टी प्यालेसमा दावा लामामाथि भएको गोली प्रहार र रुपन्देहीका दुर्गा तिवारी हत्यामा मायाले हतियार व्यवस्थापन गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । निर्माण व्यवसायीका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डमा संलग्न …

पुरा पढ्नुहॊस »

नेपालको भाैगाेलिक नक्सा अब स्याटेलाइटबाट, करोडौँ बचत हुने

काठमाडाैं । नेपालमा अब स्याटेलाइटबाट नक्सा तयार गरिने भएको छ। यसका लागि चीन सरकारले सहयोग गर्नेछ। स्याटेलाइटबाट खिचिएको नेपालको समग्र भूभागको तस्बिर चीनले उपलब्ध गराउनेछ। यस विषयमा चीन र नेपालबीच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले नेपालको तर्फबाट हस्ताक्षर गरेका छन्। भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्याल संयुक्त राष्ट्र संघीय विश्व भौगोलिक सूचना व्यवस्थापन सम्मेलन भाग लिन चीन गएको बेला उक्त समझदारी …

पुरा पढ्नुहॊस »

सात वर्ष लामो छलफल गर्दासमेत टुंगोमा पुगेन कांग्रेस

काठमाडाैं । नेपाली कांग्रेस पार्टी पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्ने सम्बन्धमा सात वर्ष लामो छलफल गर्दासमेत टुंगोमा पुग्न सकेको छैन । शीर्ष नेताहरू व्यक्तिगत र गुटगत लाभहानीमा केन्द्रित हुँदा कांग्रेसले पदाधिकारीको विषय अझै टुंगो लगाउन नसकेको हो । २०६९ चैतमा नवलपरासीको त्रिवेणीधाममा सम्पन्न महासमिति बैठकअघि देखि नै कांग्रेसमा पदाधिकारी थप गर्ने विषयले प्राथमिकता पाएको थियो । तत्कालीन सभापति सुशील कोइराला उपभासपति र महामन्त्रीको केही संख्या थप्ने पक्षमा थिए । …

पुरा पढ्नुहॊस »

पाँच शिक्षक, पाँच विद्यार्थी, तैपनि नामसमेत लेख्न आउँदैन

काठमाडाैं । मुगुकाे मुगमकार्मारोङ गाउँपालिकास्थित लामा समुदायका अधिकतर विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात बराबरी रहेको पाइएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले लामा समुदायका १७ मध्ये १४ विद्यालयमा अनुगमन गरेको थियो। खारी गाउँमा १३ घरधुरीका १० बालबालिका राष्ट्रिय प्राथमिक विद्यालयमा भर्ना भए पनि ५ जना मात्रै नियमित विद्यालय जाने गरेका छन्। मुगुबाट जीवन सेजुवालले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्टदैनिकमा छापिएको छ। विद्यालयमा दुई शिक्षक, एक शिक्षिका र एक जना बालविकास सहजकर्ताका साथै …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारी आउँदा उडान नै अवरुद्ध

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकाश र ग्राउन्डमा ‘होल्ड’ राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए। कतार एयरवेजको भीभीआईपी उडान बिहान ११.०८ बजे अवतरण भएकाले त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । उक्त विमान काठमाडौंमा १०ः४० मा अवतरण गर्ने भनिएकामा आधा घण्टा ढिलो भएको थियो। त्यसपछि आधा घण्टाका लागि सबै व्यावसायिक उडान रोकिएका थिए । उडान डिले हुँदा पोखराका लागि बिहीबार तय गरिएका तीन …

पुरा पढ्नुहॊस »

काठमाडौंका सबै स्कुलमा अब एउटै पोसाक

काठमाडाैं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ। ‘महानगरीय शिक्षा रूपन्तारण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोसाकमा एकरूपता ल्याउन लागिएको महानगर शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जनाए। ‘विदेशका महानगरमा रहेका विद्यालयका पोसाक एउटै हुन्छ,’ उनले भने, ‘हामीले पनि एउटै प्रकारको पोसाक लगाएर महानगरका विद्यालयमा एकरूपता ल्याउन थालेका हौं।’ राससले लेखेको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। यसैगरी महानगरले विद्यालयको बिदामा समेत …

पुरा पढ्नुहॊस »

प्रहरी अनुसन्धान भन्छ- निर्मलाको सामूहिक बलात्कार, थप चार पक्राउ

काठमाडाैं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ। प्रारम्भिक आधार भेटिएको भन्दै सिआइबीको टोलीले उनीहरूलाई धनगढी हुँदै हवाइजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो। घटनालगत्तै महेन्द्रनगर खटाइएका सिआइबीका अंगुर जिसी निलम्बनमा परेपछि अनुसन्धानमा पठाइएका डिएसपी कमल थापाको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र विशाल चौधरीसहित चार जनालाई पक्राउ गरेको हो। यो खबर आजको नयाँ पत्रिकामा कञ्चनपुरबाट मोहन विष्ट र  काठमाडौंबाट नवराज मैनालीले मिलेर लेखेका छन्। समूहका एक …

पुरा पढ्नुहॊस »

मेलिलाविरुद्ध आधा दर्जन गोल गर्दै रियल अन्तिम १६ मा

काठमाडाैं । मेलिलामाथि आधा दर्जन गोल गर्दै रियल म्याड्रिड कोपा डेल रे को नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा रियल म्याड्रिडले मेलिलालाई ६-१ को फराकिलो अन्तरमा हराएको हो। यससँगै रियल समग्रमा १०-१ को जित दर्ता गर्दै अन्तिम १६ मा स्थान बनाउँन सफल भयो । रियलको जितमा स्पेनिस मिडफिल्डर इस्को र मार्को एसेन्सियोले २-२ गोल गर्दा भिनिसियस जुनियर र जाभी सान्चेजले पनि १-१ गोल गरेका थिए। पहिलो लेगमा फराकिलो …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १० अर्ब लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ३६६ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ, विकास बैंकमा १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी …

पुरा पढ्नुहॊस »