तत्काल नखुल्ने भयाे लोकसेवा

काठमाडाैं । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ। अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ। यो खबर आजको राजधानी दैनिकमा सागर पण्डितले लेखेका छन्।

समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल्ने भएकाले हाललाई लोकसेवाको परीक्षा स्थगित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ। मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कम्तीमा तीन महिना लाग्नेछ । सरकारले तीनवटै तहमा कर्मचारी समायोजन गर्ने उद्देश्यले समायोजन अध्यादेशलाई स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको छ।

कर्मचारी समायोजनपछि मात्रै संघमा रहने दरबन्दीको अन्तिम टुंगो लाग्ने भएकाले मंसिरमा खुल्ने भनिएको लोकसेवा नखुल्ने निश्चित भएको हो। लोकसेवा आयोगले निजामती सेवाका विभिन्न पदमा आगामी २६ मंसिरमा विज्ञापन गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार २६ मंसिरमा निजामती सेवाका अप्राविधिक र प्राविधिकतर्फका सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाको विज्ञापन गर्ने तयारी आयोगले गरेको थियो।

समयमा कर्मचारी समायोजन प्रक्रिया सुरु हुने भएकाले लोकसेवाको परीक्षा पर धकेलिने अवस्था आएको सामान्य प्रशासन मन्त्रालय स्रोतको भनाइ छ । यसअघि असोजमा हुने परीक्षा सरकारकै आग्रहका कारण लोकसेवाले मंसिरमा सारेको थियो तर अहिले आएर पुनः सरकारले रिक्त पदसंख्या नै नपठाएपछि आयोगले लिने परीक्षा स्वतः स्थगित हुने अवस्था आएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बलात्कार मुद्दामा सिद्धबाबालाई ३० दिनभित्र झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ लाई विराटनगर उच्च अदातलले …

प्रतिकृया दिनुहॊस