काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पताल तर्फवाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ब्लु क्रस अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट, …
पुरा पढ्नुहॊस »सिरहाकाे लहानमा सनराइज बैंककाे शाखा स्थानान्तरण
काठमाडौं । सनराइज बैंकले सिरहाको लहान शाखा स्थानान्तरण गरेकाे छ । सनराइज बैंकले सिरहा जिल्ला लहान न.पा. वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मि. को दुरीमा स्थानान्तरण गरेको छ । शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गरेका थिए । उक्त कार्याक्रमको उद्घाटन पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको एटिएमको उद्घाटन गरेका थिए । …
पुरा पढ्नुहॊस »मेगा बैंकको एकैदिन १८ नयाँ शाखा विस्तार, शाखा संख्या १०२ पुग्यो
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले आइतबार एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन् । ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन भएका थिए । जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छन् । यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकमा ‘रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा’ ५ सय बोनस
काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘रेमिट्यान्स डिपोजिट बचत खाता’ खोल्दा ग्राहकलाई ५ सय बोनस व्यालेन्स उपलब्ध गराउने भएको छ । विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङ्गमा बदल्ने उद्देश्य अनुरुप ‘रेमिट्यान्स डिपोजिट बचत खाता’ संचालनमा ल्याइएको बैंकले बताएको छ । विदेशबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै व्याज आर्जन होस भन्ने उद्देश्यका साथ बैंकले यो योजना अगाडी सारेको हो । श्रमका लागि बिभिन्न देशमा जाने नेपाली …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकको कोर बैंकिङ्ग र ई–बैंकिङ्ग अव फिनाक्कलबाट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकको कोर बैंकिङ्ग सफ्टवेयरलाई फिनाक्कल भर्सन १०.२.१८ मा प्रतिस्थापन गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले एक कार्यक्रमबीच बैंकको कोर बैंकिङ्ग सिस्टममा लग इन गरी उक्त फिनाक्कल सफ्टवोयरको सुरुवात गरे । ग्राहकलाई सहज तथा सुलभ तवरले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा प्रदान गर्न हाल प्रयोग गर्दै आएको पुमरी आईभी प्लसबाट दक्षिण एसियाकै प्रसिद्घ इन्फोसिस कम्पनीको फिनाक्कल कोर बैंकिङ्ग सफ्टवोयर भर्सन १०.२.१८ …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकको भिसा कार्डमा १ सय नगद फिर्ता
काठमाडौं । सिद्धार्थ बैंकले नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक ५ सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १ सय नगद क्यास ब्याक पाउनेछन् । त्यस्तै ती अनलाइन कारोबारहरुलाई अझ बढी सुरक्षित बनाउन, बैंकले जारी गरेका अन्तर्राष्ट्रिय प्रिपेड कार्ड, डेविट कार्ड र क्रेडिट कार्डहरु ‘भेरिफाइड वाई भिसा’ नामक २ फ्याक्टर अथेन्टिकेसन प्रणालीमा प्रयोग गर्न सकिन्छ । यसरी अनलाइन कारोबार गर्दा, ग्राहकहरुको …
पुरा पढ्नुहॊस »नेइमार बिनाको पिएसजीको अप्रत्यासित हार, २१ औँ खेलमा तोडियो अपराजित यात्रा
काठमाडाैँ । लिगको २१ औँ खेलमा आएर लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्टार खेलाडी नेइमार बिनाको पिएसजीले लिगमा सिजनको पहिलो हाफ बेहोरेको होे । लगातार २० खेलमा जित वा बराबरी गरेको पिएसजी आइतबार राति अवे मैदानमा भएको खेलमा लियोनसँग २–१ ले पराजित भएको हो । चोटका कारण मैदान बाहिर रहेका नेइमार बिनाको पिएसजीले सुरुवाति अग्रता लिए …
पुरा पढ्नुहॊस »मेलम्चीले सीएमसीलाई दिएको अल्टिमेटम मंगलबार सकिदै
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम मंगलबार सकिदै छ ।अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिएका छन् । माघ २२ गतेसम्मको १४ दिने म्यादसहित सम्झौता तोड्ने आसयपत्र सरकारले पठाएको थियो । समितिका कार्यकारी निर्देशक कँडेलका अनुसार अझै दुई दिन बाँकी छ । अहिलेसम्म कुनै जानकारी आएको छैन । आउने संभावना पनि कम छ । नआए कसरी अघि …
पुरा पढ्नुहॊस »एक वर्षभित्र देशैभर फोरजी सेवा
काठमाडौं । फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ । टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस् नेटवर्क(¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेशनल(सीसीएसआई) हङ्कङ्सँग सम्झौता गरेको हो । दुवै कम्पनीसँगको सम्झौता अनुसार एक वर्षभित्रै देशभर चौथो पुस्ताको (फोरजी) सेवा विस्तार हुनेछ । सम्झौतामा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी …
पुरा पढ्नुहॊस »विश्व क्यान्सर दिवस : नेपालमा क्यान्सरको अवस्था भयावह
काठमाडौ । पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताएका छन् । पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क्यान्सर अत्यधिक मात्रामा देखापर्ने गरेको जानकारी दिदै उनले सुरुमै क्यान्सर रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताए । पहिले–पहिले ‘क्यान्सर नो एनसर’ भन्ने चलन थियो, डा …
पुरा पढ्नुहॊस »