News desk

कांग्रेसमा पदाधिकारीको उमेरहद ७० वर्ष बनाउन सुझाव

काठमाडौ । नेविसंघको महाविधवेशनबारे कुनै निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ । सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाव लिइँदै छ । यसबीच प्रदेश १ को इलाम र विराटनगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्नु सुझाव दिएको समाचार नयाँ पत्रिका दैनिकमा छ । विधान मस्यौदा समितिका सदस्य आनन्दप्रसाद ढुंगानो दिएको जानकारीअनुसार कार्यकारी पदमा ७० वर्षको मापदण्ड लगाउनुपर्ने सुझाव दिएका छन् । ‘पार्टीमा युवाहरुलाई आकर्षित गर्न कार्यकारी …

पुरा पढ्नुहॊस »

एकै दिन साढे पाँच सय कर्मचारीकाे सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ । बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । नागरिक दैनिकमा समाचार छ, यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो । मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग(डोलिडार) अन्तर्गत खारेजीमा परेका जिल्ला प्राविधिक कार्यालयका १५० प्राविधिकलाई विभिन्न …

पुरा पढ्नुहॊस »

सम्पत्ति विवरण पेश नगर्ने ११८ राजनीतिक दललाई सात दिने अल्टिमेटम

काठमाडौं । राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले स्पष्टीकरण दिन सात दिनको समयसीमा दिएको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले सम्पत्ति विवरण सार्वजनिक नगर्ने राजनीतिक दललाई कारवाही किन नर्गे भन्दै शुक्रबार स्पष्टीकरण दिन पत्र काटिएको बताए । प्रमुख एवं राष्ट्रिय दलको मान्यता प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल नेपाल एवं साना दलसहित ११८ …

पुरा पढ्नुहॊस »

बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, ३२ घाइते

नवललपरासी । पूर्वी नवलपरासीको कावासोती-१६ डण्डामा बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृत्यु हुनेमा बस चालक बांके कोहलपुर नगरपालिका-४ का २३ वर्षीय सुरज बिक र बर्दिया वाणगंगा गाउपालिका-२ का २४ वर्षीय लक्ष्मण थारुको रहेका छन् । गम्भीर घाइतेहरुको चितवनको भरतपुरमा उपचार भैरहेको र अन्यको …

पुरा पढ्नुहॊस »

सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १० रूपैयाँ सस्तो

काठमाडाैं । सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १० रूपैयाँ सस्तो पर्ने भएको छ । हाल बजारमा चिनी खुद्रा मूल्य प्रतिकेजी ८० रूपैयाँसम्म पर्ने गरेको छ । सुपथ पसलमा सर्वसाधारणले ७० रूपैयाँमा नै चिनी पाउने छन् । चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले चिनी सुपथ मूल्य पसललाई प्रतिकेजी ५७ रूपैयाँले दिएको बताए । त्यसमा १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) सहित प्रतिकेजी ६५ रूपैयाँ पर्नेछ । त्यसमा ढुवानी …

पुरा पढ्नुहॊस »

भारतले चुम्यो सातौँ पटक एसिया कपको उपाधि

काठमाडाैं । शुक्रबार दुबईमा भएको एसिया कपको फाइनलमा बंगलादेशविरुद्ध भारतले ३ विकेटले रोमाञ्चक जित हात पारेको छ ।  बंगलादेशले दिएको २२३ रनको विजयी लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा सात विकेटको क्षतिमा भेट्टाएको हो । एक दिवसीय क्रिकेटको उपाधिका लागि अन्तिम बलमा जित हात पारेको यो दोस्रो पटक हो । एसिया कप २०१८ को उपाधि उचाल्दै भारत ७ पटक एसिया कपको च्याम्पियन बन्न् सफल भएको छ । फाइनलमा शतक प्रहार …

पुरा पढ्नुहॊस »

फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

काठमाडौं । फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ । क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार पञ्चकन्याले सहप्रायोजकबापत क्लबलाई पाँच लाख उपलब्ध गराउने क्लबका अध्यक्ष राजीव पौडेलले …

पुरा पढ्नुहॊस »

मेगाको शाखारहित बैंकिङ सेवा अब पर्वतको कुश्मामा पनि

काठमाडौं । मेगा बैंकले पर्वतको कुश्मामा पनि शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ । सेवा विस्तारको क्रममा रहेको बैंकले कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकबाट सेवा शुरुवात गरेको हो । शाखारहित बैंकिङ सेवाको कुश्मा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा उद्घाटन गरे । वडा अध्यक्ष लामिछानले पर्वत जिल्लामै रहेर पनि सुलभ बैकिङ्क सेवा उपयोग गर्नबाट बञ्चित कुश्मा नगरपालिका …

पुरा पढ्नुहॊस »

ढोरपाटन शिकार याम सुरु, अाइपुगे अमेरिका जर्मनी र रसियाका शिकारी

बाग्लुङ । विश्वका साहासिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकार याम सुरु भएको छ। पहिलो सिजनका लागि १० वटा नाउर र छ वटा झारलको शिकार हुनेछ । शिकारका लागि शिकार कम्पनीहरुले एउटा नाउरको बढीमा १२ लाख पाँच हजार र एउटा झारलको नौ लाख २० हजार रुपियाँ राजस्व विभागलाई बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले गरेको टेन्डर प्रक्रियाबाट चार वटा कम्पनीले शिकारी पठाउने जिम्मा पाएकोमा हालसम्म तीन वटा कम्पनीले …

पुरा पढ्नुहॊस »

सुपथ मूल्य पसल आजबाट, कुन खाद्यान्नमा कति छुट ?

काठमाडौं । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । विगत वर्षहरुमा दशैं-तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएकाे हो । सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको छ । आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ …

पुरा पढ्नुहॊस »