सिरहाकाे लहानमा सनराइज बैंककाे शाखा स्थानान्तरण

काठमाडौं । सनराइज बैंकले सिरहाको लहान शाखा स्थानान्तरण गरेकाे छ । सनराइज बैंकले सिरहा जिल्ला लहान न.पा. वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मि. को दुरीमा स्थानान्तरण गरेको छ ।

शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गरेका थिए । उक्त कार्याक्रमको उद्घाटन पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको एटिएमको उद्घाटन गरेका थिए । उक्त उद्घाटन समारोहमा बैंकका नायव महा प्रबन्धक अपछकुमार यादव लगाएत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सनराइज बैंकका मुलुक भरि १०२ वटा शाखा, ११४ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्याेति विकास बै‌ंककाे पाेखराकाे कुटी रिसोर्टमा २० प्रतिशतसम्मको विशेष छुट

पाेखरा । ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा …

प्रतिकृया दिनुहॊस