काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकको कोर बैंकिङ्ग सफ्टवेयरलाई फिनाक्कल भर्सन १०.२.१८ मा प्रतिस्थापन गरेको छ ।
बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले एक कार्यक्रमबीच बैंकको कोर बैंकिङ्ग सिस्टममा लग इन गरी उक्त फिनाक्कल सफ्टवोयरको सुरुवात गरे ।
ग्राहकलाई सहज तथा सुलभ तवरले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा प्रदान गर्न हाल प्रयोग गर्दै आएको पुमरी आईभी प्लसबाट दक्षिण एसियाकै प्रसिद्घ इन्फोसिस कम्पनीको फिनाक्कल कोर बैंकिङ्ग सफ्टवोयर भर्सन १०.२.१८ मा प्रतिस्थापन गरिएको हो ।
विश्वको करिव ४५ वटा मुलुकमा यो अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ भने नेपालका अन्य वाणिज्य बैंकहरुले पनि यो प्रविधिको प्रयोग गर्दै आएका छन् । फिनाक्कल र अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ ।
आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पु¥याउने विश्वास बैंकले व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहॊस