एनसीसी बैंक र ब्लु क्रस अस्पतालबीच शुल्क सहुलियत सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पताल तर्फवाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ब्लु क्रस अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी …

प्रतिकृया दिनुहॊस