ग्लोबल आइएमई बैंकमा ‘रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा’ ५ सय बोनस

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘रेमिट्यान्स डिपोजिट बचत खाता’ खोल्दा ग्राहकलाई ५ सय बोनस व्यालेन्स उपलब्ध गराउने भएको छ ।

विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङ्गमा बदल्ने उद्देश्य अनुरुप ‘रेमिट्यान्स डिपोजिट बचत खाता’ संचालनमा ल्याइएको बैंकले बताएको छ । विदेशबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै व्याज आर्जन होस भन्ने उद्देश्यका साथ बैंकले यो योजना अगाडी सारेको हो ।

श्रमका लागि बिभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानुअगाडी  रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन भने विदेशबाट निरन्तर रुपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले समेत यो खाता खोल्न सक्नेछन् । ग्राहकले ग्लोबल आइएमई बैंकका जुनसुकै शाखाबाट रेमिट्यान्स बचत खाता खोलेपछि बैकले ग्राहकले खोलेको नयाँ खातामा बोनस रकम जम्मा गरिदिनेछ ।

ग्लोबल आइएमई बैंक लि. आम नागरिकमा बचत गर्ने बानीको बिकास गराउनको लागि प्रोत्सहान गर्ने उद्देश्यले विभिन्न समयमा यस्ता योजनाहरु अगाडी सार्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस