सिद्धार्थ बैंकको भिसा कार्डमा १ सय नगद फिर्ता

काठमाडौं । सिद्धार्थ बैंकले नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक ५ सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १ सय नगद क्यास ब्याक पाउनेछन् ।

त्यस्तै ती अनलाइन कारोबारहरुलाई अझ बढी सुरक्षित बनाउन, बैंकले जारी गरेका अन्तर्राष्ट्रिय प्रिपेड कार्ड, डेविट कार्ड र क्रेडिट कार्डहरु ‘भेरिफाइड वाई भिसा’ नामक २ फ्याक्टर अथेन्टिकेसन प्रणालीमा प्रयोग गर्न सकिन्छ ।

यसरी अनलाइन कारोबार गर्दा, ग्राहकहरुको रजिस्टर्ड मोबाइल तथा इमेल आईडीमा ओटीपी (वान टाइम पासवोर्ड) आउँछ र उक्त ओटीपी भेरिफाइ भएपछि मात्र कारोबार सफल हुन्छ । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड प्रयोग गरी ग्राहकहरुले भारतिय मुद्रा बाहेक जुनसुकै मुद्रामा पनि अनलाइन कारोबार गर्न सक्नेछन् ।

डेविट कार्ड र क्रेडिट कार्डहरु प्रयोग गरी नेपाली र भारतिय मुद्राहरुमा अनलाइन कारोबार गर्न सकिनेछ । यस सुविधासँगै बैंकका ग्राहकहरुले अनलाइन किनमेल, होटल बुकिङ्ग, एयरलाइन टिकेटिङ जस्ता विभिन्न कार्यहरु सजिलै र सुरक्षित ढंगले गर्न सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस