काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न ५ संवैधानिक आयोगमा प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ । संवैधानिक परिषद्बाट प्रस्तावित संवैधानिक आयोगका अध्यक्षको सुनुवाइ संसदीय समितिले गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुरुप अध्यक्षमा सिफारिस ५ व्यक्तिविरुद्ध सोमबार उजुरी आह्वान गरिएको हो । संवैधानिक परिषद्को गत माघ ६ गते बसेको बैठकले बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, डा. शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग र डा. विजयकुमार दत्तलाई मधेसी आयोगको अध्यक्षमा सिफारिस गरेको थियो …
पुरा पढ्नुहॊस »भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने
भेनेजुएला । संकटग्रस्त मुलुक भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी सहायता अस्वीकार गरे पनि स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुआईडोले भने यसको स्वागत गरेका छन् । अमेरिकाले मानवीय सहायता पठाउनु सैन्य हस्तक्षेपको पूर्व–अभ्यास भएको मादुरोको विश्लेषण छ । विपक्षी नेता गुआईडोले भने संकटको सामना गर्न अमेरिकी सहायता स्वीकार्ने बताएका छन् । भेनेजुएलाको कुनै पनि भूभागमा गुआईडोको नियन्त्रण छैन । त्यसैले भेनेजुएलाका नागरिक पलायन भएर …
पुरा पढ्नुहॊस »रुकुम पूर्वमा सदरमुकाम विवाद : आन्दोलन चर्किएपछि निषेधाज्ञा जारी
रुकुमपूर्व । रुकुम पूर्वको रुकुमकोटमा निषेधाज्ञा जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाएको छ । सदरमुकामका लागि रुकुमकोटका र गोलखाडाबासीले आ–आफ्ना आन्दोलनका कार्यक्रमहरु गर्न नछोड्ने अडान लिएपछि चार किल्ला तोकी निषेधित क्षेत्र घोषणा गरिएको कार्यालयले जनाएको छ । रुकुमकोटको चार किल्लामा कुनै पनि किसिमका सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रमहरु गर्न गराउन निषेध गरिएको प्रमुख …
पुरा पढ्नुहॊस »बेरोजगारको नामावली संकलन गर्दै सरकार
काठमाडाैँ । सरकारले देशभरका बेरोजगार युवाको नामावली संकलन गर्न तयारी थालेको छ । सरकारले चालू आर्थिक वर्ष (आव) २०७५/७६ को नीति तथा कार्यक्रममा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत त्यस्तोे नामावली संकलनका निम्ति तयारी थालिएको हो । त्यसका निम्ति प्रत्येक स्थानीय तहमातहत ‘रोजगार सेवा केन्द्र’ स्थापना गरी ती केन्द्रमा रहने संयोजक छनोटको काम तीव्र गतिमा भइरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार माघ ४ गतेदेखि गत शुक्रवारसम्म आवेदन खुला …
पुरा पढ्नुहॊस »सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै कांग्रेस
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ। सरकारको कार्यशैलीप्रति रुष्ट कांग्रेसले ११ वटा मुद्दा उठाउँदै आज देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो। त्यसका लागि धेरैजसो शीर्ष नेताहरू गृहजिल्ला पुगिसेकेको कांग्रेसले जनाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ तथा महामन्त्री डा. शशांक कोइरालाले नवलपुरको विरोध सभामा सहभागी हँुदैछन्। यसैगरी पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।चितवनको सभा …
पुरा पढ्नुहॊस »आज पाँच अर्बको ट्रेजरी बिल बिक्री हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । बैंकले सोमबार बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये रु तीन अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ । यस्तै रु एक अर्ब ९१ करोड भने ९१ दिनका लागि बिक्री गर्न लागिएको छ । बैंकले …
पुरा पढ्नुहॊस »जुना विश्वकर्माको आवाजमा ‘खेतको फाटैमा’ (भिडियो)
काठमाडाैँ । पर्वतको जलजलाकी गयीका जुना विश्वकर्माको सुमधुर आवाजमा एकल लोक गीत ‘खेतको फाटैमा’ गीतको भिडियो बजारमा आएको छ। गीतको भिडियोलाई न्यु अन्जना डिजिटल मिडिया प्रालीले बजारमा ल्याएको हो। गीतमा जीवनका दुख र सुखका विभिन्न चरणहरुलाई समेटिएको छ। जीवनबाट हार मानेर गायिकाले आफना प्रेमीलाई भुल्न नसकेको कुरा गीतमा भनिएको छ। जुना विश्वकर्मा स्यमको शब्द तथा लय सिर्जना बाट गीतका भावहरु सजाइएको छ। सुशिल डाँगीको छायाँकन, प्रकाश एस केको सम्पादन, निशान …
पुरा पढ्नुहॊस »एनसेलको ‘गज्जबको डेटा प्याक’
काठमाण्डौ । एनसेलका ग्राहकले अब सुलभ दरका नयाँ अल टाइम प्याकमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नाम दिएर नयाँ डेटा प्याक ल्याएको छ । जसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसार ७५ एमबीदेखि ३ जीबीसम्मको विभिन्न प्याकहरु चलाउन सक्नेछन् । गज्जबको डेटा प्याक सोमबारदेखि लागू हुने कम्पनीले जनाएको छ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समय सीमा रहेको ७५ एमबी डेटा प्याक मात्र रु …
पुरा पढ्नुहॊस »एनआईसी एशिया रन फर हेल्थ’ प्रतियोगितामा सम्पन्न
काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा ‘एन आई सी एशिया रन फर हेल्थ’ दौड प्रतियोगिता सम्पन्न गरेको छ। विराटनगर–शंकरपुर स्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको ‘एन आई सी एशिया रन फर हेल्थ’ दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो। राष्ट्रिय अर्वुदरोग निवारण दिवसको पुर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन …
पुरा पढ्नुहॊस »ओम डेभलपमेन्ट बैंकले गर्याे सन्यास आश्रमलाई सीसी टि भि. सहयोग
काठमाडौं । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देवघाटधाम तनहुँलाई १ सेट सीसी टि.भि. क्यामेरा सहयोग गरेको छ । उक्त सामाग्री स्वामी केशवानन्द गिरिजीको उपस्थितीमा आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजलाई बैंकका नारायणगढ क्षेत्रिय कार्यालयका प्रमुख दुर्गाराम पुरीले हस्तान्तरण गरेका हुन् । यसअघि बैंकले खैरेनी मा.वि. खैरेनीटार तनहुंको पुस्तकालयलाई केहि पुस्तकहरु हस्तान्तरण गरेको थियो, भने सिद्धेश्वर महादेव बृद्धाश्रम गैडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मा.वि.नदिपुर पोखरालाई भौतिक …
पुरा पढ्नुहॊस »