एक वर्षभित्र देशैभर फोरजी सेवा

काठमाडौं । फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ ।  टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस् नेटवर्क(¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेशनल(सीसीएसआई) हङ्कङ्सँग सम्झौता गरेको हो ।

दुवै कम्पनीसँगको सम्झौता अनुसार एक वर्षभित्रै देशभर चौथो पुस्ताको (फोरजी) सेवा विस्तार हुनेछ । सम्झौतामा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दुवै कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए। नेपालमै पहिलोपटक २०७३ साल पुस १७ गतेबाट फोरजी सेवा सुरु भएको हो । टेलिकमको यो सेवा अहिलेसम्म काठमाडौँ उपत्यका र पोखरामा मात्रै सिमित छ ।

देशैभर एकैपटक फोरजी सेवा विस्तार गर्ने लक्ष्यका साथ टेलिकमले गत वर्ष पुस १७ र २२ गते सेवाका लागि आवश्यक कोर नेटवर्क र ¥यानका लागि विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । बोलपत्र अनुसार अप्टिकल कोरका लागि जेडटीईले एक करोड ५३ लाख डलर, सिङ्गापुरको मभिनिरले दुई करोड १० लाख डलर र चिनियाँ कम्पनी हुवावेले तीन करोड ८० लाख अमेरिकी डलर रकम कबुल गरेका थिए ।

त्यस्तै दुई चरणमा छुट्याइएको ¥यान १ र २ मा जेडटीई र सीसीएसआईले मात्र सहभागिता जनाएका थिए । त्यसमध्ये ¥यान १ मा जेडटीईले नौ करोड ९८ लाख डलर र सीसीएसआईले आठ करोड ४७ लाख डलर कबुल गरेका थिए । ¥यान २ मा भने जेडटीईले ८ करोड ८९ लाख र सीसीएसआईले ८ करोड २२ लाख डलर रकम कबुल गरेको थियो । त्यतिबेला ३४ महिनाभित्र देशभर फोरजी सेवा विस्तार गर्नुपर्ने शर्त टेलिकमले राखेको थियो ।

टेलिकमले फोरजीका लागि आह्वान गरेको बोलपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताको आशंकामा यसको अनुसन्धान थालेको थियो । दुई महिनाअघि आयोगले फोरजी विस्तारसम्बन्धी सम्पूर्ण जिम्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई गर्न निर्देशन दिएपछि रोकिएको प्रक्रिया अगाडि बढेको थियो । मन्त्रालयले फोरजी ठेक्काको सम्झौता गर्नुअघि सहभागी कम्पनीलाई एक वर्षभित्रै सम्पन्न गर्नुपर्ने शर्त राखेको थियो । सोही शर्तमा सहभागी कम्पनीले प्रतिबद्धता जनाएपछि टेलिकमले आइतबार अन्तिम सम्झौता गरेको हो ।

सम्झौता मितिदेखि एक वर्ष गणना हुने गरी सम्बन्धित् कम्पनीले विस्तारको काम सम्पन्न गर्नुपर्नेछ । काठमाडौँ र बुटवलमा मुख्य कोर रहने यस परियोजना सातै प्रदेशमा विस्तार हुनेछ । अहिलेको विस्तारबाट कम्पनीले ६५ लाख थप फोरजी ग्राहक बढाउन सक्नेछ । करिब १९ अर्ब लगानी रहने यो परियोजनालाई कम्पनीले टूजी, थ्रीजी र फोरजी ओभरले हुने गरी सञ्चालन गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस