news

कन्चनपुर आन्दोलनमा गोली चल्यो,एक जना घाईते

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनले भिषण रुप लिंदै गर्दा प्रहरीले गाेली चलाउँदा एक जना घाईते भएका छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।   प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन सुरु गरेका छन्।घटनाबारे थप विवरण आउन बाँकी ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा रुपन्देहीको शुद्धोधन गाउँपालिकाको भुजौलीमा

काठमाडौं । एनआईसी एशिया बैंक ले रुपन्देहीको शुद्धोधन गाउँपालिकाको भुजौलीमा अाफ्नो अठारौं शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले शुद्धोधन गाउँपालिकाको भुजौलीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीको उपस्थितिमा सम्पन्न भयो । शाखारहित बैंकिङ्ग सेवाकाप्रतिनिधिको रुपमा बैंकले गंगा ढकाललाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने छन् ।

पुरा पढ्नुहॊस »

निर्मला पन्त हत्याको विरोधमा आज पनि महेन्द्रनगरमा प्रदर्शन जारी

महेन्द्रनगर । महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रीत रहेको आन्दोलन बिहीबार बिहानैदेखि प्रदर्शन जारी छ ।प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन सुरु गरेका छन्। निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै आज  पनि प्रदर्शन भएकाे हाे । बिहानैदेखि बजार व्यवसाय पूर्णरुपमा बन्द छन्। शिक्षण संस्था र यातायात सेवा समेत बिहानैदेखि सञ्चालनमा आएका छैनन्। बालिका बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले सोमबार …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंकद्धारा बृक्षारोपण कार्यक्रम

काठमाडौँ ।  कैलाश विकास बैंकले स्याङ्गजाको पुतलीबजार नगरपालीका १४ मा रहेको पाणिनी आश्रम (गुरुकुल) क्षेत्रमा बृक्षारोपण गरेको छ ।बैंकले सामाजीक उत्तरदायित्व अन्र्तगत बृक्षारोपण कार्यक्रम गरेको हो । कार्यक्रममा पुतलीबजार नगरपालीका १४ का वडा अध्यक्ष शेषराज ढकाल, कैलाश विकास बैंक केन्द्रिय कार्यालय निक्षेप ब्यवस्थापन विभाग प्रमुख शुशिला श्रेष्ठ र जिल्ला बन कार्यलयका प्रतिनिधि अमर पराजुलीले बृक्षारोपण गरे ।गुरुकुल परिसरमा वडा अध्यक्ष एवं वडाका प्रतिनिधी, बैकका कर्मचारी, बन कार्यलयका प्रतिनिधी, आश्रम समितिका पदाधिकारी, …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक र  सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बीच   बैंकासुरेन्स  सेवा उपलव्ध गराउने सम्झौता सम्बन्धी हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा​​ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पान्डे  र लाइफइन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे। जीवनवीमा प्रति आमसर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई वीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र हरेक नेपालीहरुमाझ बैकिङ्ग साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दौ  बैंकिङ्ग सेवा …

पुरा पढ्नुहॊस »

नातिनीले हजुरआमालाई वृद्धाश्रममा भेटपछि यसरी रुइन्

काठमाडौँ ।यतिबेला सामाजिक सञ्जालमा  सम्बन्ध झल्काउने हजुर आमा र नातिनीको तस्विर भाइरल भइरहेको छ। केही दिनयता भारतीय सञ्चारमाध्यम तथा नेपालका सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको यो तस्बिरमा एक बालिका र वृद्धा रोइरहेका देखिन्छ ।   विश्व फोटो पत्रकार दिवसका दिनदेखि भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिरलाई अहिले नेपालीले पनि सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् । तस्बिरलाई विभिन्न कथा बनाउँदै सामाजिक सञ्जालमा पाेष्ट गरिएकाे छ। खासमा यो तस्बिर सन् २००७ मै भारतको गुजरातका एकजना …

पुरा पढ्नुहॊस »

अख्तियारले झिकायो जहाज खरिद कागजात

काठमाडौं ।  नेपाल एअरलाइन्सले पछिल्लोपटक खरिद गरेका ‘वाइडबडी’ जहाज खरिद प्रकरणमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र नेपाल वायु सेवा निगमबाट खरिदसम्बन्धी फाइल झिकाएको छ । जहाज खरिदमा बिचौलियासँगको मिलिभगतमा एकलौटी सम्झौता गरिएको प्रश्न उठेपछि अख्तियारले आवश्यक कागजात र फाइल झिकाएको हो । निगमको आर्थिक विनियमावली, २०६५ अनुसार निर्माता कम्पनीसँग मात्र नयाँ विमान खरिद गर्न सकिने भएपनि त्यसविपरित एक हजार घण्टा उडेको भन्दै पुरानो …

पुरा पढ्नुहॊस »

रेल नपाउँदा भारतमा अड्कियो ३० हजार मेट्रिक टन मल

काठमाडौं । कृषकले यूरिया मलको चर्को अभाव भोगिरहेका बेला ३० हजार मेट्रिक टन मल भारतमा अड्किएको छ । मल खरिद तथा आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद तथा आपूर्तिको दायित्व पूरा गर्न नसक्दा मल भारतमा रोकिएको हो । कृषि सामग्री केन्द्रले इन्डियन पोटास लिमिटेडसँग ग्लोबल टेन्डरमार्फत ३० हजार मेट्रिक टन यूरिया मल खरिद गरेको छ । तर, ढुवानीको साधन नहुँदा उक्त मल भारतको विशाखापत्तनमा  थन्किएर बसेको …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको शाखा  काठमाडौंको मध्यबानेश्वरमा

काठमाडौँ ।  महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा  काठमाडौं महानगरपालिका वडा नं १०, मध्यबानेश्वर स्थित बानेश्वर शाखाकोे औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर  शिवराज श्रेष्ठले दीप प्रज्वलनका साथ गर्नुभएको थियो । सोही अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्याय  तथा सञ्चालक राजेश कुमार रौनियारको पनि उपस्थिति रहेको थियो । बैँकका प्रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछानेले …

पुरा पढ्नुहॊस »

सेन्चुरी बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा सेन्चुरी बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र खल्तीका तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरे। यस सम्झौता  पश्चात  सेन्चुरी बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको …

पुरा पढ्नुहॊस »