पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । मुग्लिन-मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सोमबार बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस