news

ऐन संशोधन गर्न माग गर्दै पत्रकार महासंघ भक्तपुरले बुझायो ज्ञापन पत्र

काठमाडौं । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले भदौ १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेस मैत्री बनाउन सरकारसँग माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।जिल्ला प्रशासन कार्यालय, भक्तपुर मार्फत नेपाल सरकार र मन्त्रीपरिषद् कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधान …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंक र क्राउन लेब्रोटरीबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक  र क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के– ल्याब) बीच   नेपाल अधिरज्यभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यसहित सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका   प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग  र  के–ल्यावका तर्फबाट कान्ति थापाले हस्ताक्षर गरे । सम्झौता अनुसार  लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्यावले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम …

पुरा पढ्नुहॊस »

पोखरीमा डुबेर २ बालकको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४ मा पोखरीमा डुबेर दुई स्कुले बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  स्थानीय धर्मेन्द्र पटेलका १४ वर्षीय छोरा नितेश पटेल र पिटर पटेलका १२ वर्षीय छोरा सुदर्शन पटेल  छन्। वीरगञ्जको राधेमाईमा रहेको साउथ जोन स्कुलमा अध्ययनरत नितेश र स्थानीय राम सुरत मावि रामगढवामा अध्ययनरत सुदर्शन मंगलबार  गर्मी छल्न पोखरीमा पौडी खेल्न गएको र त्यही बेलामा डुबेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।  

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको शाखा काठमाडौंको ठमेलमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको शाखा काठमाण्डौंको ठमेलमा कार्यालय विस्तार गरेको छ । उक्त  शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे । मुक्तिनाथ विकास बैंकले  आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको छ ।  

पुरा पढ्नुहॊस »

निर्देशक विकासराज आचार्यको ‘हजार जुनी सम्म’

काठमाडौं ।  निर्देशक विकासराज आचार्यले ‘नाई नभन्नु ल ५’ हिट भएपछि यसैको छैठौ सिक्वेल बनाउने चर्चा थियो ।तर, विकासले ‘नाई नभन्नु ल ६’ बनाउनु अघि एउटा चलचित्र बनाउने भएका छन् । उनले नयाँ चलचित्र ‘हजार जुनी सम्म ’बनाउने भएका छन्। यो लभ स्टोरी चलचित्र हुने छ  यसका लागि  विकासले नयाँ नायकको खोजी गरेको बताएका छन् ।उनले   आकर्षक जीउडाल, लुक्स र अभिनय गर्न सक्ने नयाँ नायकको खोजी   गरेका छन् । अहिलेसम्म कोही पनि कलाकार फाइनल भएका …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकर ब्लु क्रस अस्पतालबीच अस्पतालको सेवाशुल्कमा छुट दिने सम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ब्लु क्रस अस्पताल प्रा लि. सँग सम्झौता गरेको छ ।उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनु हुनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले उक्त पत्रमा हस्ताक्षर गर्नु भएको हो । सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका …

पुरा पढ्नुहॊस »

जापानमा शक्तिशाली आँधीः ७ को ज्यान गयो, २ सय घाइते

काठमाडौं । जापानमा २५ वर्ष यताकै शक्तिशाली आँधी जाँदा ७ जनाको ज्यान गएको छ भने २ सय जना घाइते भएका छन् । मंगलबार ठूलो वर्षातपछि शिकाकु टापुबाट उठेको आँधी जापानको सबैभन्दा ठूलो टापु होङ्शुतर्फ प्रतिघण्टा २१६ किलोमिटरको गतिमा बहेको थियो । जेबी नाम दिइएको आँधीले रेल्वे स्टेशनको छत खसाल्नुका साथै ट्यांकरसमेत उडाएर पुलमा ठोक्काइदिएको छ । आँधीले उत्तर दिशा समातेकाले यो कमजोर हुने अनुमान गरिएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको शाखा काठमाण्डौंको जोरपाटीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको शाखा काठमाण्डौंको जोरपाटीमा कार्यालय विस्तार गरेको छ । उक्त  शाखाको  समुद्घाटन   नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले  गरे ।मुक्तिनाथ विकास बैंकले  आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबीच सम्झौता

काठमाडौं । सेञ्चुरी बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबीच सम्झौता भएको छ ।सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

पुरा पढ्नुहॊस »

काबेली विकास बैंकले ३५ प्रतिशत बोनस दिने

काठमाडौ। काबेली विकास बैंक लिमिटेडले ३५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार ४०० सय रुपैयाँको ३५ प्रतिशत अर्थात ७ करोड ३७ लाख ६ हजार ६४० रुपैयाँ बराबरका बोनस शेयर दिने निर्णय गरेको हो ।उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

पुरा पढ्नुहॊस »