यी ७ इन्टरनेट कम्पनीको अनुमतिपत्र रद्द, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन (सूचीसहित)

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सात अलग अलग इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ ।

प्राधिकरणबाट इन्टरनेट तथा इमेलसहितको सेवा सञ्चालन गर्न अनुमति लिएका तर नवीकरण गर्न तोकिएको समयावधिभित्र दस्तुर नबुझाएपछि सात कम्पनीको लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले बताएको छ । प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ

लाइसेन्स रद्द भएका कम्पनीहरुमा वशिष्ठ केबल नेट प्रालि (मोरङ), इन्फो नेट टेक्नोलोजी प्रालि (मोरङ), सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालि (जुम्ला), एशिया नेट कम्युनिकेसन प्रालि (झापा) छन् ।

मिथिला डिजिटल नेपाल प्रालि (काठमाडौं), यस नेट नेपाल प्रालि(धनुषा) र फास्ट स्पिड लिंक नेटवर्क प्रालि(गुल्मी) को पनि अनुमति पत्र रद्द भएको छ ।

सूचना :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको …

प्रतिकृया दिनुहॊस