रेल नपाउँदा भारतमा अड्कियो ३० हजार मेट्रिक टन मल

काठमाडौं । कृषकले यूरिया मलको चर्को अभाव भोगिरहेका बेला ३० हजार मेट्रिक टन मल भारतमा अड्किएको छ । मल खरिद तथा आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद तथा आपूर्तिको दायित्व पूरा गर्न नसक्दा मल भारतमा रोकिएको हो ।

कृषि सामग्री केन्द्रले इन्डियन पोटास लिमिटेडसँग ग्लोबल टेन्डरमार्फत ३० हजार मेट्रिक टन यूरिया मल खरिद गरेको छ । तर, ढुवानीको साधन नहुँदा उक्त मल भारतको विशाखापत्तनमा  थन्किएर बसेको छ ।

कृषि सामग्रीले मल भारतमा अड्किएको स्वीकार्दै रेल नपाउँदा ढुवानी गर्न नसकिएको जनाएको छ । भदाै ९/१० गते मात्र रेल्वे र्‍याक मिल्ने र त्यसपछि ढुवानी गरिने उसकाे भनाइ छ । यद्यपि,  रेल्वे र्‍याककाे  टुंगो अझै लागिसकेको छैन ।

मल अभाव हट्न समय लाग्ने

धानखेतीको टप ड्रेसिङको समय भएकाले यतिबेला युरिया मलको अभाव सबैतिर छ । धान खेती हुने अधिकांश जिल्लाका कृषक आवश्यक मल नपाएको गुनासो गर्दै कम्पनीका जिल्लास्थित कार्यालयमा धाइरहेका छन् ।

लिमिटेडले यसरी मल खोज्दै पुग्ने कृषकलाई आगामी हप्तादेखि मल सहज हुने भन्दै आश्वस्त पारेको छ । तर मलको माग र आपूर्तिको आँकडा हेर्दा मल अभाव हट्ने उसकाे दाबी पत्याउने अवस्था छैन ।

रेलको रेल्वे र्‍याक मिलेको खण्डमा २५०० टन भैरहवा र यति नै मात्रामा वीरगञ्जमा मल आइपुग्ने बताइएको छ । बाँकी २५ हजार टन मल कहिले आउँछ भन्नेमा स्वयं लिमिटेड समेत अनविज्ञ छ । त्यसैले ५ हजार टन मल अहिलेको अभावमा कृषकलाई छोपसमेत नपुग्ने देखिन्छ ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस