news

अपडेट ः ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रण

काठमाडौं । हेटौंडाको ओम्याक्स सिनेमा  हलमा  लागेको आगो नियन्त्रण आएको छ । बुधबार बिहान करिब  नौ बजेबाट सिनेमा  हलमा आगलागी भएको थियो । बिहानैदेखि आगलागी भएपनि दिउँसो मात्रै नियन्त्रणमा आएको हो । आगो २ तले भवनको सबैभागमा फैलिएको थियो । हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकलमार्फत् सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

पुरा पढ्नुहॊस »

ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

काठमाडौं। काठमाडौं महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ  पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ । कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा पनि आवश्यकताअनुरुप विस्तार गरिनेछ । ‘काठमाडौँ उपत्यकाको सवारी साधनबाट हुने गरेको बढ्दो प्रदूषण …

पुरा पढ्नुहॊस »

नविल बैंकमा रोजगारीको अवसर

काठमाडौं । नविल बैंकले १०० जनालाई  रोजगारीको अवसर  खुलाएको छ ।   बैकले विभिन्न स्थानीय तहका लागि १०० जना ट्रेनी सहायक कर्मचारी मागेको हो । बैंकले अगष्ट २२ सम्म आवेदन दिन भनेको छ । बैंकले एक दर्जन स्थानीय तहमा शाखा विस्तार गर्न ट्रेनी सहायक मागेको हो । बैंकले आछामको तर्मखाँड, रामारोशन, वैतडीको पञ्चेश्वर, बझाङको बित्ताचर, डडेलधुराको अलिताल, डोटीको सयाल, जुम्लाको तिला, कालिकोटको पाँचझरना र पलाटा, सुर्खेतको बाराताल, सल्यानको दर्मा र रुपन्देहीको समरीमाई …

पुरा पढ्नुहॊस »

अपडेट ःसिनेमा हल आगलागीबाट मानवीय क्षति भने नभएको

काठमाडौं ।हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ। बुधबार बिहान करिब  नौ बजेबाट आगलागी भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणको प्रयास जारी छ  । आगो २ तले भवनको सबैभागमा फैलिएको छ । हलमा बिहानीको फिल्म सो नरहेकाले मानवीय क्षति भने नभएको प्रहरीले बताएका छन्। आगलागीबाट करिव १ करोड बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ।  

पुरा पढ्नुहॊस »

डिबेट नेटवर्क नेपाल र जेभियर एकेडेमीको सहआयोजनामा महासंग्राम २०१८

काठमाडौं ।  अन्तर्राष्ट्रिय बहस च्याम्पियनशिप साउन २५-२८ सम्म जेभियर एकेडेमी, काठमाडौँमा संचालन हुदैछ | नेपालका युवा बहसकर्तालाई नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभव प्रदान गर्ने मुख्य उद्देश्यका साथ आयोजना भइरहेको चौथौ संस्करणको महासंग्राम बेलायती संसदीय शैलीमा संचालन हुनेछ भने यस प्रतियोगितामा ६० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले मुख्य तीन विधामा प्रतिस्पर्धा गर्नेछन् |  बेलायती संसदीय शैली अन्तर्गत हरेक बहसमा ४ ओटा टोली दिइएको प्रस्तावको पक्ष र विपक्षमा आफ्ना केस प्रस्तुत गर्दछन् | परम्परागत …

पुरा पढ्नुहॊस »

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक परेको छ । मिश्रका बुबा वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो । आफ्नै निवासमा सुतेको अवस्थामा बिहान दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वरिष्ठ चित्रकार तथा साहित्यकार ८३ वर्षीय मनुजबाबु लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित थिए । मिश्रको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ समेत प्रकाशित छ । मिश्रका श्रीमती, दुई …

पुरा पढ्नुहॊस »

‘गुनगुन’ को आइटम गीत रिलिज

काठमाडौं । चलचित्र  ’गुनगुन’ मा समावेश आइटम गीत सार्वजनिक भएको छ । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल,अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

ओम्याक्स सिनेमा हलमा आगलागी

काठमाडौं । बुधबार बिहान  मकवानपुरको  एउटा सिनेमा हलमा आगलागी भएको छ ।  हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा विजुलीकाे तार सट भएर अागलागी भएकाे जिल्ला प्रहरी कार्यालषय मकवानपुरले जनाएकाे छ  । आगो नियन्त्रणका लागी अहिले स्थानीय बासिन्दा र प्रहरीले प्रयास गरिरहेका छन् । बिहानैदेखि आगलागी भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । आगो ठूलो भएकोले निभाउनको लागि बाराको सिमराबाट दमकल ल्याइँदै छ । क्षतिको विवरण आइसकेको छैन ।

पुरा पढ्नुहॊस »

चितवनमा बस र ट्रक ठोक्किदाँ,४ को मृत्यु, १७ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१०, भानुचोकमा गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नम्बरको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना ६ ख १७४१ नंम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । मृत्यु हुनेमा ट्रकका चालकद्धय रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ र सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामाको घटनास्थलमा मृत्यु भएको …

पुरा पढ्नुहॊस »

नेपाल–भारत सीमा सर्भे : नदीनालाले सीमा छुट्याएको ठाउँमा विवाद

काठमाडौं । नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमा सर्वेक्षणमा नदीनालाले एक तिहाइभन्दा बढी सीमा क्षेत्रमा समस्या उत्पन्न भएको छ । नदीले छुट्याएको ठाउँमा सीमा कायम गर्न समस्या भएको नापी विभागको सीमा शाखाका प्रमुख नापी अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । नेपाल–भारत सिमानाको १ हजार ८ सय ८० किलोमिटर लम्बाइमध्ये करिब ६ सय ४० किलोमिटर सीमा नदीनालाले छुट्याएका छन् । ठूला तीन र साना ५४ गरी ५७ नदीनालाले नेपाल–भारत सीमा छुट्याउँछन् । महाकालीले छुट्याएको २ सय …

पुरा पढ्नुहॊस »