news

नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब साठी करोड बराबरको आईपिओ निष्काशन गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब  साठी करोड बराबरको आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले प्रति शेयर १०० अकित दरका  एक करोड साठी लाख कित्ता साधारण शेयरहरु  निष्काशन गर्ने भएको छ । सर्वसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा नेपाल  पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु  भण्डारी र आरविवि मर्चेण्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार …

पुरा पढ्नुहॊस »

प्रेस युनियनको अधिवेशन असोज १० गते हुने

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ । शाखा कार्यसमितिको आज  बसेको बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको हो । त्यस्तै, युनियनले भदौ १५ गतेसम्म  नयाँ सदस्यले आवेदन दिइसक्नुपर्ने र भदौ १८ गतेसम्म पुरानो सदस्यता नवीकरण गर्नुपर्ने निर्णय पनि गरेको छ । युनियनले सिफारिश छानबिनका लागि शाखाका सचिव महेश्वर गौतमको संयोजकत्वमा अच्युत रेग्मी, अक्कल कुँवर, खगेन्द्र भण्डारी र लक्ष्मी सापकोटा सदस्य रहेको समिति …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस र एनसीएचएलबीच अन्तर बैंक बिद्युतीय भुक्तानी सेवा शुरु

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस एनसीएचएल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता  पश्चात  एनसीएचएलले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर बैंक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ ।अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटेन्स कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुनेछ । अव बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंक अब तुलसीपुरमा

काठमाडौं ।गण्डकी विकास बैंकले दाङ्गको तुलसीपुरमा  शाखा सञ्चालनमा ल्याएको छ।यससंगै बैकका ७३ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटिएम, सीआस्वा, इसीसी, आईपिएस, मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिनेछ ।  

पुरा पढ्नुहॊस »

फिल्म ‘रोज’को प्रोमो सार्वजनिक

काठमाडौं । फिल्म ‘रोज’को प्रोमो सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । रोज’मा प्रदीप खड्का, मिरुना मगरका अलवा परमिता राणा कर्मा, बरुण राणा लगायतका कलाकारको मुख्य भूमिका छ ।  फिल्म ‘रोज’भाद्र २२ गते रिलिज हुनेछ ।

पुरा पढ्नुहॊस »

जीवन र निर्जीवन बिमा गर्दा हुने फाइदा

पछिल्लो समय बिमा गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । खासगरी २०७२ सालको बैशाखमा आएको भूकम्पले मानविय तथा भौतिक क्षति पुर्याएपछि बिमा गर्ने बढेका हुन् । एक डेढ वर्ष अघि कुल जनसंख्याको ७ प्रतिशतले मात्र बिमा गर्ने गरेकोमा अहिले त्यो संख्या बढेर ११ प्रतिशत पुगेको बिमा समितिको भनाइ छ । केही बर्ष पहिलासम्म र अहिले पनि केही मानिसमा बिमा गर्ने पैसा अन्य ठाउँ (जग्गा, सेयर, सुन) किन्दा बढी फाइदा हुने …

पुरा पढ्नुहॊस »

अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री बने स्कट मरिसन

सिड्नी ।अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेका हुन । । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई  उनकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् । अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्रीको भूमिकामा रहनुभएका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गरेका थिए ।यस चुनावमा टर्नबुलका सहयोगी विदेश मन्त्री जुली बिशप पनि चुनावी मैदानमा थिए तर उनि पहिलो चरणमै पराजित …

पुरा पढ्नुहॊस »

सबै मिलि खुला दिशामुक्त अभियानलाई  पुर्णरुपमा सफल पारौं, प्रमुख प्रशासकिय अधिकृत भूसालको अनुरोध

वीरगञ्ज  ।वीरगञ्ज महानगरपालिकालाई पुर्णरुपमा खुलादिशा मुुुुक्त घोषणा गर्ने विषयमा बिहिबार सरोकारवालाहरु बिच छलफल भएको छ । विहिबार विरगञ्ज महानगरपालिकाको  सभाकक्षमा आयोजित उक्त छलफल कार्यक्रममा महानगरपालिकाका वाकि रहेका वडाहरुलाई समयमै  खुला दिशामुक्त वडा  घोषणा गर्दै महानगरपालिकालाइ आश्विन भित्र खुलादिशा मुक्त घोषणा  गर्ने निर्णय समेत गरिएको  छ । छलफलमा सहभागी रहेका सम्बन्धित वडा अध्यक्षहरुसंग वडामा चर्पि निर्माण नभएका परिवारहरुको आर्थिक अवस्था  बारेमा जानकारी लिदै  पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले असोज मसांत …

पुरा पढ्नुहॊस »

भद्रकालीमा स्कुटर दुर्घटनाहुँदा एकको मृत्यु

काठमाडौं । काठमाडौंको भद्रकालीमा  आज बिहान स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  काभ्रेपलाञ्चोक शिखर आमबोडे गाउँपालिका ८ का २६ वर्षीय सञ्जिव लामा छन् । त्यस्तै, स्कुटरमा पछाडि सवार नामथर नखुलेका  पुरुष  गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । आज बिहान  ४ बजे बा ९१ प ८१९ नम्बरको स्कुटर भद्रकाली पुल नजिकै सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

पुरा पढ्नुहॊस »

अवस्था सामान्य बन्दै गएपछि कञ्चनपुरमा कर्फ्यू हट्यो

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हटाएको छ । अवस्था सामान्य बन्दै गएपछि  आज बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो । बिहीबार दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा  दुई प्रहरीसहित आठ जना घाइते भएका थिए । आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसोबाट अनिश्चितकालका …

पुरा पढ्नुहॊस »