तृतीय मनास्लु एस.ई.ई. ३×३ बास्केटबल प्रतियोगिता सञ्चालन हुँदै

काठमाडौं । काठमाडौंस्थित मनास्लु स्कूलले एस.ई.ई. दिएर बसेका विद्यार्थीहरूका लागि बास्केट बल प्रतियोगीता सञ्चालन गर्ने भएको छ ।

पुरूषतर्फ २६ र महिलातर्फ १२ वटा समूहहरूले प्रतिस्पर्धा गर्ने यस प्रतियोगीता नयाँ बजारस्थित स्कूलको आफनै परिसरमा सञ्चालन हुनेछ । पुरूष तथा महिला दुवैतर्फ प्रथम हुने समूहले रू. १,५००० तथा द्वितीय हुने समूहहरूले रू. १०,००० धनराशी पुरस्कार प्राप्त गर्नेछन् ।

खेल भावना अनुरूप खेलाडीहरूबीच मित्रता अभिबृद्धि गर्ने उद्धेश्यका साथ यस प्रतियोगीताको आयोजना हुन लागेको आयोजक स्कूलका बास्केटबल प्रशिक्षक तथा प्रतियोगीता संयोजक शैलेश श्रेष्ठले जानकारी दिए ।

फिबा मान्यता प्राप्त निर्णायकहरूले खेलाउने यस प्रतियोगीताको समापन असार २ गते हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री