news

केरलामा बाढी पहिरोको कारण मृत्यु हुनेको संख्या ४४५

कोची  । भारतको दक्षिणी राज्य  केरलामा बाढी पहिरोको कारण मृत्यु हुनेको संख्या ४४५  छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् । राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन्। बाढीमा हराइरहेका मानिसको खोजपडताल जारी रहेको छ भने घर तथा सार्वजनिक स्थलहरुको सफाईलाई व्यापक बनाइएको छ ।सरकारी अधिकारीहरुले अबरुद्ध विद्युत सेवा चालू गराउने प्रयास भइरहेको जनाएका छन् । …

पुरा पढ्नुहॊस »

आदेश नमानेको भन्दै राष्ट्र बैंकको कार्यालयमा प्रदेश गृहमन्त्रीले लगाए ताला

जनकपुरधाम । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्। प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्री  आफैं जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् । संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि …

पुरा पढ्नुहॊस »

काठमाडौंको नेपालटारमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौं । काठमाडौंको नारकेश्वर–११,नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् । प्रहरीले बालिका बलात्कारको आरोपमा तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।बोहराले खाजा खान गएका वेला  ती बालिकलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको शाखा बिराटनगरमा

बिराटनगर। महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा मितिे बिराटनगर महानगरपालिका वडा नं ०२, मोरङ्ग स्थित बिराटनगर शाखाकोे औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर  चिन्तामणी शिवाकोटीले दीप प्रज्वलनका साथ  गरेका थिए । सोही अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थिति रहेको थियो । बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका …

पुरा पढ्नुहॊस »

रौटहतमा डुंगा दुर्घटना अपडेट: २जनाको शव भेटियो

रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार डुंगा दुर्घटनामा बेपत्ता भएका दुईजनाको शव भेटिएको छ । डुंगा दुर्घटनामा परि बेपत्ता भएका इशनाथ नगरपालिका–३, औरैयाकी ३५ वर्षीय रूनादेवी पटेल र गौर नगरपालिकाका–४ का ६५ वर्षीय शान्ति देवी शाहको शव भेटिएको प्रहरीले जनाएको छ । डुंगा दुर्घटनामा हराइरहेका तीनजना अझै बेपत्ता छन् । डुंगामा रहेका २४ को जीवितै  प्रहरीले उद्धार गरेको छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय झण्डा ओढाएर सन्नीको दाहसंस्कार

काठमाडाैँ । निर्मला पन्तका हत्यारालाई कारबाही मागसहित प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका  शहीद सन्नी खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली किनारमा राष्ट्रिय झण्डा ओढाएर सन्नीको अन्त्येष्ठि गरिएको हो । सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्नुका साथै उनको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको थियो। सन्नीको अन्त्येष्ठिमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका मेयर अशोक चन्द पनि सहभागी थिए । त्यसैगरी, अन्त्येष्टिका …

पुरा पढ्नुहॊस »

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को गम्भीर ध्यानाकर्षण

 काठमाडौं ।क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले स्थापना (सन् २००६)देखि स्वतन्त्र र जिम्मेवार प्रेसको  वकालत गर्दै पत्रकार महिलाको हक–हित तथा दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको छ। संस्थाले महिला र सञ्चार क्षेत्रका नीति र कानूनहरूलाई नजिकबाट अध्ययन एवं विश्लेषण गर्दै सम्बन्धीत निकायलाई निरन्तर सुझाव दिँदै आएको छ । १ भदौ २०७५ देखि लागू भएको मुलुकी फौजदारी (संहिता) ऐन, २०७४, मुलुकी देवानी संहिता, २०७४  र हालै संसदमा प्रस्तुत गरिएको वैयक्तिक गोपनियताको हक संरक्षणसम्बन्धी …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको सञ्चालकमा ६ जना नियुक्त

काठमाडौं । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिमा ६ जना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले सन्तोषकुमार लामा, शोभाकान्त ढकाल, उत्तमप्रसाद भट्टराई, पुनाराम भण्डारी, विनोद दवाडी र कृष्णप्रसाद ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्ती गरेको हो ।

पुरा पढ्नुहॊस »

नेपालमा पहिलो पटक विश्वकप क्रिकेटको ट्रफी

एजेन्सी । आगामी वर्ष इंल्याण्ड र वेल्समा हुने आईसिसी विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले विश्व भ्रमणको दौरान आगामी अक्टोबर अन्तिम साता विश्वकप ट्रफी नेपाल आइपुग्ने जनाएको  हो । आईसिसीका अनुसार विश्वकप ट्रफी आगामी २७ अक्टोबरमा काठमाडौं दरबार स्वायर क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म राखिने भएको छ। उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्विर खिचाउन पाउनेछन् । यही सोमबारबाट आइसीसीको दुबर्इस्थित हेडक्वार्टरबाट ट्रफीको …

पुरा पढ्नुहॊस »

छोराको कुटाईबाट बाबुको मृत्यु

काठमाडाैँ ।  लहानमा  छोराको कुटाईबाट बाबुको मृत्यु  भएको छ ।  सिरहाको लहान नगरपालिका–१८ मनर्वामा घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट ४५ वर्षीय आफ्नै बाबु उमेश सदायको  भएको  मृत्यु  हो । छोराको कुटपिटबाट गम्भीर घाइते भएका उमेशको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु  भएको  प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »