नातिनीले हजुरआमालाई वृद्धाश्रममा भेटपछि यसरी रुइन्

काठमाडौँ ।यतिबेला सामाजिक सञ्जालमा  सम्बन्ध झल्काउने हजुर आमा र नातिनीको तस्विर भाइरल भइरहेको छ।

तस्विर बीबीसी हिन्दी

केही दिनयता भारतीय सञ्चारमाध्यम तथा नेपालका सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको यो तस्बिरमा एक बालिका र वृद्धा रोइरहेका देखिन्छ ।   विश्व फोटो पत्रकार दिवसका दिनदेखि भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिरलाई अहिले नेपालीले पनि सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् ।

तस्बिरलाई विभिन्न कथा बनाउँदै सामाजिक सञ्जालमा पाेष्ट गरिएकाे छ। खासमा यो तस्बिर सन् २००७ मै भारतको गुजरातका एकजना फोटो पत्रकारले खिचेका हुन् ।

एक स्कुलले आफ्नो विद्यार्थिहरुलाई वृद्धाश्रमको भ्रमणमा लाने योजना बनायो । भ्रमणको क्रममा वृद्धाश्रम पुगेपछि एक बालिका वृद्ध महिलालाई देखेर रुन थालिन्  र बालिकालाई देखेर ती वृद्धा पनि रुन थालिन् । बालिका दौडेर वृद्ध महिलालाई अंगालो हालिन् । उक्त दृश्य देखेर त्यहाँ उपस्थित कयौँ मान्छे छक्क परे ।

वृद्ध महिला बालिकाको हजुरआमा थिए । बालिकाले घरमा आफ्ना आमा बाबुसंग हजुरआमाबारे सोध्ने गर्दा हजुरआमा नातेदारलाई भेट्न गएको जबाफ दिएको स्रोतले जनाएको छ। सूचनाअनुसार वृद्धा आफ्नै स्वेच्छाले वृद्धाश्रममा गएर  बसेकी थिन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस