‘Experience Toyota २०८१’ असार ५ बाट सुरु, १२ वर्ष सम्मको बैंकिंग फाइनान्स

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित आफ्नो टोयोटा शोरुममा ‘Experience Toyota’ आयोजना गरेको छ ।

२०८१ लाई विशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स, बैंकिंग सुविधा (१२ वर्ष सम्म), रोड कर, विभिन्न उपहारहरू समेत पाउने कम्पनीले जनाएको छ ।

यस टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई यस प्रा.लिको विभिन्न सुविधाको बारेमा जानकारी गराइने जनाइएको छ । ग्राहकलाई यू.टि.एस संग विभिन्न मोडलका गाडीहरू उपलब्ध रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि कम्पनीले अनुरोध गरेको छ ।

साथै, यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिंग फाइनान्सको पनि व्यवस्था गरिएको जनाएको छ । टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फोर अल’ लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्याङ्कन गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको हो ।

0
0

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस