काठमाडौं । एनआईसी एशिया बैंक ले रुपन्देहीको शुद्धोधन गाउँपालिकाको भुजौलीमा अाफ्नो अठारौं शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले शुद्धोधन गाउँपालिकाको भुजौलीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीको उपस्थितिमा सम्पन्न भयो । शाखारहित बैंकिङ्ग सेवाकाप्रतिनिधिको रुपमा बैंकले गंगा ढकाललाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने छन् ।
तपाईंको प्रतिकृया




