news

भद्रकालीमा स्कुटर दुर्घटनाहुँदा एकको मृत्यु

काठमाडौं । काठमाडौंको भद्रकालीमा  आज बिहान स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  काभ्रेपलाञ्चोक शिखर आमबोडे गाउँपालिका ८ का २६ वर्षीय सञ्जिव लामा छन् । त्यस्तै, स्कुटरमा पछाडि सवार नामथर नखुलेका  पुरुष  गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । आज बिहान  ४ बजे बा ९१ प ८१९ नम्बरको स्कुटर भद्रकाली पुल नजिकै सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

पुरा पढ्नुहॊस »

अवस्था सामान्य बन्दै गएपछि कञ्चनपुरमा कर्फ्यू हट्यो

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हटाएको छ । अवस्था सामान्य बन्दै गएपछि  आज बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो । बिहीबार दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा  दुई प्रहरीसहित आठ जना घाइते भएका थिए । आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसोबाट अनिश्चितकालका …

पुरा पढ्नुहॊस »

बाढीले बगायो माइक्रो बस

सल्यान । छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेको हो । यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला लगायतका सामान भने बगेको छ । ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको थियो । उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले …

पुरा पढ्नुहॊस »

चितवनमा स्क्रब टाइफसको सङ्क्रमण

चितवन । गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४ सय ३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो । मुसामा हुने किरा (माइट) को टोकाइबाट यो रोग लाग्ने गर्दछ । गत आ. व. २०७४। ७५ मा दुई हजार २ सय ३७ जनाको नमूना परीक्षण गर्दा ४ सय १० जनामा स्क्रब टाइफस भेटिएको थियो ।  

पुरा पढ्नुहॊस »

कोमल ओलीको तिज गीत ‘भदौरे झरी’ सार्वजनिक

काठमाडौं । कोमल ओलीको तिज गीत ‘भदौरे झरी’ सार्वजनिक भएको छ ।मालती डिजिटल प्रा.लि को प्रस्तुतिमा रहेको उक्त ‘भदौरे झरी’ मा गायिका कोमल ओलीलाई राम गोपालिले स्वरमा साथ दिएका छन् । गीतमा चर्चित मोडल करिश्मा ढकाल र सुमन परियार फिचर्ड भएका छन् ।सन्ध्या के.सीद्वारा शब्द सृजना उक्त गीतमा रामु खड्काको लय रहेको छ । गीतको भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने अजय रेग्मीले छायांकन, दिपक बिष्टले सम्पादन गरेका छन् ।

पुरा पढ्नुहॊस »

टाटा सुमो अब सुलभ ब्याजदरमा उपलब्ध हुने

काठमाडौं ।टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि र मुक्तिनाथ बिकास बैंक लि. बीच “आफ्नो गाडी आफै सवारी“ नामक ब्यवसायिक अभियान अन्तर्गत प्रत्येक सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले व्याजदरमा सहुलियत प्रदान गर्ने गरी सम्झौता गरिएकोले यो अभियान अन्तर्गत व्यवसायिक प्रयोजनका लागी सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ बिकास बैंक लि. ले १०.५ % …

पुरा पढ्नुहॊस »

आमाको कुटाइबाट आठ वर्षीया छोरीको मत्यु

झापा ।आफ्नै आमाको कुटाइबाट एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता  छिन् । आमा हेमन्ताले छोरी सफलतालाई  विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि बुधबार बिहान लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी सफलता  विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सफलताको दाहिने कञ्चट, ढाड र दुवै हातमा नीलडाम देखिएको छ । हेमन्तालाई पक्राउ गरी थप …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच क्यासलेस सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेजको तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरे। यस सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म वीरगंजको पर्सामा रहेको नेशनल मेडिकल कलेजबाट नगद रहित अन्तरंग सेवा पाउने छन् । इन्स्योरेन्सले स्वास्थ्य सेवामा ग्राहकको पहुँच सजिलो बनाउने लक्ष्यका साथ नगद …

पुरा पढ्नुहॊस »

कञ्चनपुरमा हिंसात्मक रुप लिएपछि कर्फ्यू

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ । बिहीबार दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।  झपडहुँदा प्रहरीले  गोली चलाउँदा  दुई प्रहरीसहित आठ जना घाइते भएका थिए । घाइते हुनेहरुमा १८ वर्षीय अर्जुन भण्डारी, तेज भट्ट, किरन पाण्डेय, मनोज बुढा र सन्तोष कठरिया  थिए । त्यसैगरी,आन्दोलनकारीको ढुङ्गा लागेर  …

पुरा पढ्नुहॊस »

अपडेट : कन्चनपुरमा गोली चल्दा ५ जना घाइते

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनको क्रममा प्रहरीसँग झपड हुँदा प्रहरीले  गोली चलाउँदा ५ जना घाइते भएका छन् । तर कञ्चनपुर प्रहरीले भने प्रदर्शनकारीहरुमाथि गोली नचलाएको दाबी गरेको छ । घाइते हुनेहरुमा १८ वर्षीय अर्जुन भण्डारी, तेज भट्ट, किरन पाण्डेय, सन्तोष कठरिया र एक जनाको पहिचान खुल्न सकेको छैन् ।घाइतेहुनेहरुमध्ये अधिंकाशको खुट्टामा गोली लागेको …

पुरा पढ्नुहॊस »