कैलाश विकास बैंकद्धारा बृक्षारोपण कार्यक्रम

काठमाडौँ ।  कैलाश विकास बैंकले स्याङ्गजाको पुतलीबजार नगरपालीका १४ मा रहेको पाणिनी आश्रम (गुरुकुल) क्षेत्रमा बृक्षारोपण गरेको छ ।बैंकले सामाजीक उत्तरदायित्व अन्र्तगत बृक्षारोपण कार्यक्रम गरेको हो ।

कार्यक्रममा पुतलीबजार नगरपालीका १४ का वडा अध्यक्ष शेषराज ढकाल, कैलाश विकास बैंक केन्द्रिय कार्यालय निक्षेप ब्यवस्थापन विभाग प्रमुख शुशिला श्रेष्ठ र जिल्ला बन कार्यलयका प्रतिनिधि अमर पराजुलीले बृक्षारोपण गरे ।गुरुकुल परिसरमा वडा अध्यक्ष एवं वडाका प्रतिनिधी, बैकका कर्मचारी, बन कार्यलयका प्रतिनिधी, आश्रम समितिका पदाधिकारी, बटुकहरु एवं स्थानीयको सहभागीतामा चाप, कपूर, लप्सी, कल्की फुल, धुपी, रुदराक्ष, डुम्री, खयर लगाएतका ३०० विरुवाको बृक्षारोपण गरीएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस