सेन्चुरी बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा सेन्चुरी बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र खल्तीका तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरे।

यस सम्झौता  पश्चात  सेन्चुरी बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस