टाटा सुमो अब सुलभ ब्याजदरमा उपलब्ध हुने

काठमाडौं ।टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि र मुक्तिनाथ बिकास बैंक लि. बीच “आफ्नो गाडी आफै सवारी“ नामक ब्यवसायिक अभियान अन्तर्गत प्रत्येक सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले व्याजदरमा सहुलियत प्रदान गर्ने गरी सम्झौता गरिएकोले यो अभियान अन्तर्गत व्यवसायिक प्रयोजनका लागी सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ बिकास बैंक लि. ले १०.५ % ब्याजदरमा गाडीको मुल्यको ७० प्रतिशत सम्म कर्जा प्रदान गर्ने जनाएको छ ।
यस अभियान अन्तरगत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकलाइ निशुल्क ड्राइभिङ्ग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा प्रदान हुनेछ भने यो अभियानले स्वदेशमा नै रोजगारीको सृजना गरी, युवाहरु बैदेशिक रोजगारीका लागी बिदेसिनुपर्ने बाध्यतालाई कम गर्नेछ भन्ने बिस्वास रहेकोछ ।

यस अभियानको बारेमा लक्षित समुहलाई जागरुक गराउन नेपालका कुशल पत्रकार रबि लामिछाने २ बर्षको अवधिका लागि सिप्रदी ट्रेडिंग प्रा. लि. संग अनुबन्दित भएका छन् ।

    सिप्रदीको बारेमा
सिप्रदी, अटोमोटिभ सम्वन्धि व्यवसायमा काम गर्ने नेपालको सवैभन्दा ठूला र सम्मानित व्राण्डहरु मध्ये एक हो । ३७ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोवार ३५ करोड अमेरिकी डलर भन्दा वढी छ र यसको कारोवार तिव्रगतिमा वढ्दै गएको छ । सिप्रदी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ ।

यसका ७५० जना कर्मचारी छन् अनि ६५० जना सहयोगी कर्मचारी छन् । उनीहरु उत्कृष्ट वस्तु र सेवा पु¥याउने एउटै उद्धेश्यका साथ काम गरिरहेका छन् जसले सिप्रदीको ब्राण्ड भ्यालु वढेको छ । सिप्रदी  ट्रेडिङ्ग प्रा.लि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ ।

यो आइएसओ ९००१–२००८ प्राप्त कम्पनी हो । यसको नेपालमा सवैभन्दा धेरै विक्री तथा सेवा केन्द्रहरु रहेका छन् । देशभरि टाटा मोटर्सका कमर्शियल गाडीमा समर्पित २६ विक्री कार्यालय र ३२ सेवा केन्द्रहरु रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस