कञ्चनपुरमा हिंसात्मक रुप लिएपछि कर्फ्यू

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

बिहीबार दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।  झपडहुँदा प्रहरीले  गोली चलाउँदा  दुई प्रहरीसहित आठ जना घाइते भएका थिए । घाइते हुनेहरुमा १८ वर्षीय अर्जुन भण्डारी, तेज भट्ट, किरन पाण्डेय, मनोज बुढा र सन्तोष कठरिया  थिए ।

त्यसैगरी,आन्दोलनकारीको ढुङ्गा लागेर  प्रहरी हवलदार हर्कबहादुर पाल र प्रहरी जवान महेश भट्ट पनि घाइते भएका थिए । प्रत्यक्षदर्शीका अनुसार प्रशासन कार्यालय नजिकै प्रदर्शनकारीले निरन्तर ढुंगामुडा गरेका थिए । प्रहरीले पनि प्रदर्शनकारीमाथि अश्रुग्यास हानिरहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस