अवस्था सामान्य बन्दै गएपछि कञ्चनपुरमा कर्फ्यू हट्यो

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हटाएको छ । अवस्था सामान्य बन्दै गएपछि  आज बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो ।

बिहीबार दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा  दुई प्रहरीसहित आठ जना घाइते भएका थिए । आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसोबाट अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु, १६ जना बिरामी

काठमाडौं । जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी …

प्रतिकृया दिनुहॊस