आमाको कुटाइबाट आठ वर्षीया छोरीको मत्यु

झापा ।आफ्नै आमाको कुटाइबाट एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता  छिन् ।

आमा हेमन्ताले छोरी सफलतालाई  विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि बुधबार बिहान लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी सफलता  विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सफलताको दाहिने कञ्चट, ढाड र दुवै हातमा नीलडाम देखिएको छ । हेमन्तालाई पक्राउ गरी थप अनुसन्धानका लागिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप