आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच क्यासलेस सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेजको तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरे।

यस सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म वीरगंजको पर्सामा रहेको नेशनल मेडिकल कलेजबाट नगद रहित अन्तरंग सेवा पाउने छन् ।

इन्स्योरेन्सले स्वास्थ्य सेवामा ग्राहकको पहुँच सजिलो बनाउने लक्ष्यका साथ नगद रहित अन्तरंग सेवा(हस्पिटलाईजेसन) स्वास्थ्य बीमा योजना अगाडि ल्याएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस