अपडेट : कन्चनपुरमा गोली चल्दा ५ जना घाइते

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनको क्रममा प्रहरीसँग झपड हुँदा प्रहरीले  गोली चलाउँदा ५ जना घाइते भएका छन् । तर कञ्चनपुर प्रहरीले भने प्रदर्शनकारीहरुमाथि गोली नचलाएको दाबी गरेको छ ।

घाइते हुनेहरुमा १८ वर्षीय अर्जुन भण्डारी, तेज भट्ट, किरन पाण्डेय, सन्तोष कठरिया र एक जनाको पहिचान खुल्न सकेको छैन् ।घाइतेहुनेहरुमध्ये अधिंकाशको खुट्टामा गोली लागेको छ ।  घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस