Tag Archives: mainnews

भ्यालेन्टाइन डे : प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसर

काठमाडौँ । नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । विशेषगरी युवापुस्ताले यसलाई उत्सवकै रूपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको हो । युवापुस्ताले फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’लाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् । त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्मको सातालाई ‘विक अफ लव’का रूपमा प्रेमप्रति समर्पित गरिँदै आएको छ । यो …

पुरा पढ्नुहॊस »

यस्तो छ बुधबारसम्मको मौसम पूर्वानुमान

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । यतिबेला पहाडी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज कतै वर्षा तथा हिमपातको सम्भावना देखिएको छैन । आज दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो १२ अर्ब रुपैयाँ

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गराउन १२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाएको छ। आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग उक्त रकम माग गरिएको समेत जनायो । ‘निर्वाचन ब्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । सरकारसँग बजेट प्रस्तावसहित बजेट स्वीकृतीको प्रकृयामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ …

पुरा पढ्नुहॊस »

५२१ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ जनामा र ४ हजार ७८ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या १० रहेकाे छ। योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ भने पछिल्लो २४ घण्टामा ३ हजार ९३५ जना डिस्चार्ज भएका छन् । काठमाडाैं उपत्यकामा १५० जनामा संक्रमण पुष्टि …

पुरा पढ्नुहॊस »

शेयर बजार : नेप्से १०१.२४ अंकले घट्यो

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बिहीबार ११ दशमलव ९६ अंकले घटेर बन्द भएको बजार आइतबार उच्च अंकले घटेर बन्द भएको हो । कारोबारमा आएदेखि नै उच्च अंकले घटेको बजार अन्तिममा १०१ दशमलव २४ अंकले घटेर २ हजार ७०० दशमलव ३२ बिन्दुमा झरेको छ । आइतबार २२७ वटा घितोपत्रको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर खरिद बिक्री भएको …

पुरा पढ्नुहॊस »

महाभियोग पत्र बुझेर सर्वाेच्च अदालतबाट बाहिरिए चोलेन्द्र

आफूविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन्। कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो। संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वाेच्चबाट बाहिरिएका हुन्। महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन्।

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्यो

प्रतिनिधिसभाको बैठक फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ। सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिए। फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गरेको सूचनामा उल्लेख …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमा क-कसले गरे हस्ताक्षर? (सूचीसहित)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाअभियोगको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्। यी महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसद्हरूः कांग्रेसबाट जिपछिरिङ लामा, महेन्द्रकुमारी लिम्बू, डिला संग्रौला पन्त, रंगमति शाही, सरवत आरा खानम हल्वाईनी, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्मा, मीना सुब्बा, अभिषेकप्रताप शाह, पद्मनारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस,माओवादी, नेकपा एकीकृत समाजवादी लगायत दलका सांसदले आज प्रस्ताव दर्ता गराएका संसद सचिवालयले पुष्टि गरेको छ । प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । कानून मन्त्री दिलेन्द्रप्रसाद बडूसहित माओवादी केन्द्रका सचेतक देव गुरुङ नेकपा एसका मूख्य सचेतक जीवनराम श्रेष्ठलगायत सांसद संसद सचिवालय पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

पुरा पढ्नुहॊस »

गठबन्धन कुनै परियोजना पास गर्न बनेको होइन : प्रचण्ड

काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन संविधानको रक्षाका लागि बनेको बताएका छन् । पार्टीले केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रममा प्रचण्डले संविधानको रक्षा, लोकतन्त्र र राष्ट्रियताका लागि गठबन्धन बनेको बताएका हुन् । गठबन्धन अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता पास गर्न नबनेको उनको भनाई छ । ‘गठबन्धन सुदृढ वा कमजोर बन्ने कुरालाई त्यही मान्यता अनुरूप अघि बढाउनुपर्छ । संविधान, लोकतन्त्र राष्ट्रियताको …

पुरा पढ्नुहॊस »