डोजरकै अगाडि सुतेपछि गौशाला क्षेत्रबाट सुमन सायमीसहित चार जना नियन्त्रणमा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । काठमाडौंको गौशाला क्षेत्रबाट सुमन सामयीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार दिउँसो गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको थियो । डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

डोजर अगाडि उनी सुतेपछि प्रहरीले उठाएर झ्याइकुटी पार्दै गौशाला प्रहरी वृतमा पुर्‍याएका हुन् । सडक विस्तारका क्रममा बिचल्लीमा परेकाहरूको आवाज लामो समयदेखि सायमीले आवाज उठाउँद आएका छन्। प्रहरीले गौशाला क्षेत्रका आधा दर्जन बढी घरमा डोजर चलाएको छ ।

महानगरले चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर लगाएको हो ।अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन जेठ ६ गते सूचना जारी गरे पनि खाली नगरेपछि महानगरले डोजर चलाएको छ । डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल पनि भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री