प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपालले सडकमा नमूना संसद् बनाएर विरोध प्रदर्शन गरेको छ। युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको छ । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले विरोध जनाएको छ। राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन गरेकाले राष्ट्रघाती कदमको विरोधमा …
पुरा पढ्नुहॊस »कांग्रेसद्वारा कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन
नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिनेछ।
पुरा पढ्नुहॊस »६८० जना संक्रमित, १ हजार ८३५ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार २५६ पीसीआर परीक्षणमा ४९८ जनामा र २ हजार ८३९ जनामा एन्टिजेन परीक्षण गर्दा १८२ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या २ रहेकाे छ। योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ८३५ जना डिस्चार्ज भएका छन्।
पुरा पढ्नुहॊस »५३ दशमलव ३० अंकले बढ्यो नेप्से परिसूचक
मंगलबार (आज) शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । सोमबार सामान्य अंकले बढेको बजार आज ५३ दशमलव ३० अंकले बढेर २ हजार ७५४ दशमलव २८ बिन्दुमा पुगेको छ । मंगलबार २२४ वटा घितोपत्रको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलबार १३ वटै समूहको …
पुरा पढ्नुहॊस »एमालेले भोलि बस्ने संसद बैठक पनि अवरोध गर्ने
प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ। एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ। बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो। ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सांसद शेरबहादुर तामाङले भने । एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले …
पुरा पढ्नुहॊस »फागुन ८ गते माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक बस्ने
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ। गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन। बैठकमा मुलुकको …
पुरा पढ्नुहॊस »कानुनमन्त्री बडू भन्छन्- भोलिको संसद बैठकमा एमसीसी टेबल हुन्छ
काठमाडौं । बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेश हुने भएको छ । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत दिएका हुन् । नेपाली कांग्रेसको संसदीय दलको बैठक चलिरहँदा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले सम्भवत: भोलिको सदनमा एमसीसी पेस हुने प्रतिक्रिया दिएका छन् । नयाँ बानेश्वर स्थित संसद भवनमा काँग्रेसको संसदीय दलको बैठक जारी रहेको छ भने सांसदहरुलाई पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसीबारे …
पुरा पढ्नुहॊस »राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ४,१५७ विद्यालय छानिए, कुन प्रदेशलाई कति अनुदान ?
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका ४,१५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका ४,१५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे भवन ९७६, दुई कोठे भवन ९६६, आइसीटी ल्याब व्यवस्थापन २,१०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलका अनुसार ४ कोठे भवन …
पुरा पढ्नुहॊस »तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी
तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ। म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए। सुरक्षाकर्मी, स्थानीय र दमकलकाे सहयाेगबाट आगो नियन्त्रणका आएकाे प्रहरीले जनाएकाे छ।
पुरा पढ्नुहॊस »अमेरिकाले नेपाली नेतालाई धम्की दिएको भन्ने सूचना गलत : राजदूत र्यान्डी बेरी
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले एमसीसी विषयलाई लिएर अमेरिकाले नेपालका नेताहरूलाई कुनै किसिमको धम्की नदिएको बताएका छन् । नेपालका कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँगको कुराकानीमा राजदूत बेरीले यस्तो बताएका हुन् । एमसीसी विषयलाई लिएर नेपाली नेताहरूलाई धम्की दिएको भन्ने सूचना गलत भएको उनको दाबी छ । ‘हामीले नेपाली नेताहरूलाई धम्की दिएका छैनौँ । यो कुरा असत्य हो’ राजदूत बेरीले भने । दक्षिण तथा मध्यएसियाली मामिला सम्बन्धी अमेरिकी सहायक …
पुरा पढ्नुहॊस »