शेयर बजार : नेप्से १०१.२४ अंकले घट्यो

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बिहीबार ११ दशमलव ९६ अंकले घटेर बन्द भएको बजार आइतबार उच्च अंकले घटेर बन्द भएको हो ।

कारोबारमा आएदेखि नै उच्च अंकले घटेको बजार अन्तिममा १०१ दशमलव २४ अंकले घटेर २ हजार ७०० दशमलव ३२ बिन्दुमा झरेको छ ।

आइतबार २२७ वटा घितोपत्रको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

आइतबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको ५ दशमलव ४७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा अप्पर तामाकोशीको ३२ करोड ८४ लाख ८ हजार ९४४ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस