काठमाडौं । सोफा हब काठमाडाैंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार हरेकलाई उपहार धमाकेदार अफर योजनाको विजेताहरुको घोषणा भएको छ ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत कम्पनीले बिहीबार एक कार्यक्रम समेत आयोजना गरी आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरि ३ जनालाई युरोप (बाकु) टुर प्याकेज पुरस्कार विजेताको घोषणा गरेको हो।
यस योजना अन्तर्गत सोफा हबमा सोफा तथा फर्निचर खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा लक्की ड्र बाट विजेता घोषणाअनुसार चितवनका भुमेश्वर ढकाल ,काठमाडौकी निर्मला कार्की, पोखराकी निर्मला पहाडी विजेता हुनुभएको छ। बैकल्पिक बिजेताको लागि चितवनकी सोम माया गुरूङ बन्नुभएको छ ।
उक्त अवसरमा सोफा हब काठमाडौका प्रबन्ध निर्देशक तथा सीईओ तारालाल धरेलले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताउनुभयो ।।
साथै उहाँले आगामी दिनहरूमा सोफा हब काठमाडौले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
अधिकाँश ग्राहकको रोजाईको केन्द्र बन्दैआएको सोफा हबको काठमाडौँले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै सामाखुशी रेडनस्थित कोइराला मार्ट,कलंकी , गोठाटार हाईट पोखरा, नेपालगन्ज ,चितवनको लङ्कुमा हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।
५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोफा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गर्दै आएको छ । घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेकोछ। कम्पनीले २०० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको छ।




