Tag Archives: mainnews

जेब्रा झोलामा प्याक गरेर फ्यालिएको शवको पहिचान

काठमाडौँ । हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर जंगलमा फ्यालिएको शवको एक सातापछि पहिचान खुलेको छ । हत्या गरिएका व्यक्ति झापाको दमक नगरपालिका-५ का ४३ वर्षीय दीपक सिग्देल रहेको पुष्टि भएको हो । सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित धरान-भेडेटार सडक खण्डमा उनको लास भेटिएको थियो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईकाअनुसार प्रारम्भिक अनुसन्धानबाट सिग्देलको पुरानो घर इलामको बाँझोमा रहेको खुलेको छ । सिग्देल परिवार …

पुरा पढ्नुहॊस »

एमसीसीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – आइतबार प्रतिनिधिसभामा टेबल भएको एमसिसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन् । एमसिसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले अघि बढाउन नहुने भन्दै भण्डारीले रिट दिएका हुन् । तर, रिट दर्ता भएको छैन । रिट अध्ययनकै क्रममा रहेको र यसबारे आज निर्णय हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । एमसिसी टेबल भएको विरोधमा दलहरु विभाजित भएका छन् …

पुरा पढ्नुहॊस »

नेपालले निर्णायक खेल खेल्दै, विश्वकपमा पुग्न आज युएईलाई हराउनैपर्ने

काठमाडौँ । नेपालले आज आइसीसी टी-ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरको सेमिफाइनलमा युएईसँग खेल्दैछ । सेमिफाइनल खेल नेपाली समय अनुसार पौने चार बजेदेखि शुरु हुनेछ । युएईसँग नेपालले अहिलेसम्म कुल ४ टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा नेपालले दुई जित हासिल गरेको छ भने युएईले २ जित हासिल गरेको छ । पछिल्लो पटक ग्लोबल क्वालिफायर अघि सम्पन्न चार देशीय सिरिजमा नेपाललाई युएईले २५ रनले पराजित गरेको थियो । तर ग्लोबल क्वालिफायरमा भने …

पुरा पढ्नुहॊस »

बैतडीमा टिपर दुर्घटना, चार जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा सोमबार टिपर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ। पाटन-३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनकराज पन्त, सिगास माविमा अध्ययनरत पाटन ३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेशप्रसाद …

पुरा पढ्नुहॊस »

नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोटकाे सेमिफाइनलमा प्रवेश

अपराजित रहँदै नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइलनमा प्रवेश गरेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । नेपालले ३ खेलबाट ६ अंक जोड्यो । आफ्नो अन्तिम खेलमा फिलिपिन्सलाई ‍‍‍फराकिलो अन्तरले पराजित गर्दै घरेलु टिम ओमानले पनि सेमिफाइनल यात्रा तय गरेको छ। सेमिफाइनलमा नेपालले समुह ए को उपविजेता यूएईसँग र ओमानले समुह ए को विजेता आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन् …

पुरा पढ्नुहॊस »

३८८ कोरोना संक्रमित थपिए, एक हजार २०५ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ हजार १४० नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । सोही अवधिमा एक हजार २०५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितकाे संख्या ११ हजार २८२ रहेकाे छ ।

पुरा पढ्नुहॊस »

पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडे मारिएका हुन् : ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पृथ्वीनारायण शाहको गलत निर्णयका कारण तत्कालीन सेनापति कालु पाँडे मारिएको बताएका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा उनले राष्ट्र एकीकरण अभियानमा पृथ्वीनारायण शाहको गलत निर्णयका कारण काजी पाँडे मारिएको बताएका हुन्। उनले भने, ‘कालु पाँडेले अहिले कीर्तिपुरमा आक्रमण गर्नुहुँदैन भनेका थिए । पृथ्वीनारायण शाहले कालु पाँडेका कारण युद्ध हारिने भयो भने। त्यसपछि उनी पनि आक्रमण गर्न राजी भए …

पुरा पढ्नुहॊस »

शेयर बजार : २५.४१ अंकले बढ्यो नेप्से

सोमबार शेयर बजार बढेको छ । आइतबार उच्च अंकले घटेको बजार सोमबार २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ विन्दुमा पुगेको छ । सोमबार २२४ वटा धितोपत्रको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सोमबार सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी हाइड्रोपावर …

पुरा पढ्नुहॊस »

बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप

बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन्। प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको मन्त्रालयले जानकारी दिएकाे छ। हेटाैंडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ। खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको सङ्ख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री …

पुरा पढ्नुहॊस »

अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालकाे स्थान यथावत्

आईसीसीले टी-२० क्रिकेटकाे नयाँ वरीयता सार्वजनिक गरेकाे छ। साेमबार सार्वजनिक गरेकाे वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ। १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेकाे हाे। भारत टी-२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी-२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा उक्लिएको हो। वरीयताको दोस्रो स्थानमा इंग्ल्यान्ड छ। तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा वेस्ट इन्डिज, आठौंमा …

पुरा पढ्नुहॊस »