कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह गरेको छ ।

महानगरले एक सूचना प्रकाशित गर्दै महानगरपालिकाको आर्थिक ऐन, २०५१ मा कवाडी सङ्कलन केन्द्र आवासीय क्षेत्रबाहेकका स्थानमा मात्र संचालन गर्नुपर्ने जानकारी दिएको छ ।

महानगरले चालू आर्थिक वर्ष २०८१/८२ देखि महानगरपालिका क्षेत्र भित्रका आवासीय केन्द्रमा दर्ता / नवीकरण नहुने र आवासीय क्षेत्र बाहेकमा मात्र दर्ता/नवीकरण हुने हुँदा सोही अनुसार आफ्नो कवाडी व्यवसाय सञ्चालन गर्न महानगरपालिका भित्रका सम्पूर्ण कवाडी व्यवसायीहरूलाई यसै सूचनाद्वारा जानकारी गराएको छ ।

साथै सम्पूर्ण वडा कार्यालयहरूले समेत सूचना बमोजिम आवश्यक कार्य गर्नु गराउन अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेलाई पोखरा पुर्याइयो

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट …

प्रतिकृया दिनुहॊस